रगत पुर्णताका लागि रक्तदान

बिदुर- रगतको पुर्णताका लागि नुवाकोटसंगै जोडिएको रसुवाको कालिकास्थानमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा नेपालमै सवैभन्दा वढि रक्तदान गरेका प्रेमसागर कर्माचार्यलेसमेत रक्तदान गरेका छन् ।
कालिका गाउँपालिका–२ कालिकास्थानमा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यसहित ८६ जना दाताले रक्तदान गरेका हुन् । नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय विद्यालयको एसएलसी ब्याच २०५६ को समूहले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा संकलित रगत केन्द्रीय रक्तसञ्चार केन्द्रमा पठाइएको छ ।
उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १८४औं पटक रक्तदान गरेका छन् । उनले १८४औं पटक रक्तदान गरेका हुन् ।
कर्माचार्य नेपालका सर्वाधिक स्वयंसेवी रक्तदातासमेत हुन् । कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका गाउँपालिकाले कर्माचार्यलाई सम्मानपत्र प्रदान गरेर सम्मान गरेको छ ।
रक्तदाता कर्माचार्यले “यस सम्मानले रक्तदान अभियानमा अझ बढी सक्रिय भएर काम गर्न प्रेरणा र जिम्मेवारी थपिएको महसुस गरेको छु । आफुले सके र भ्याएसम्म र स्वास्थ्यले साथ दिएका वेलासम्म निरन्तर रक्तदान गरिरहने” वताए ।