खोलामा एक महिनापछि स्कुले वालिकाको शव फेला

बिदुर- नुवाकोटको तादी खोलाले हराएको एक महिनापछि स्कुले वालिकाको शव फेला परेको छ । शवको अस्पतालमा पोष्टमार्टम गरेको छ ।
घरवाट घांस काट्न जाने क्रममा गत भदौ २२ गते लिखु खोलाले वगाएर वेपत्ता भएकी लिखु गाउंपालिका ४ घर भई क्षेत्रपाल माविको कक्षा ६ मा अध्ययनरत ११ वर्षिया रश्मी श्रेष्ठको शव एक महिनापछि आइतवार भेटिएको हो । उनको शव वगाएको स्थानभन्दा सात किलोमिटर दक्षिणमा रहेको बेलकोटगढी नगरपालिका ९ डुम्रेवगरस्थित तादी खोलाको किनारामा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
वालिका रश्मीको शव खोलाको पानीमा डुवी ढुंगाकोे चेपमा अड्किएको अवस्थामा फेला पारेको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार शव सडगलेको अवस्थामा पानीमा देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खटि गएको र उक्त शव एक महिनादेखि खोलाले वगाएर वेपत्ता भएकी स्कुले छात्रा रश्मी श्रेष्ठको शव भएको उनका वावुले सनाखत गरि घटनास्थल लाशजाँच प्रकृति मुचुल्कासमेत गरि घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको डिएसपि लामाले वताए । वालिकाको शवको त्रिशूली अस्पतालमा पोष्टमार्टम गरि शवको अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको छ ।