अन्र्तराष्ट्रिय बालिका दिवसमा विविध कार्यक्रम

बिदुर– अन्र्तराष्ट्रिय बालिका दिवसका अवसरमा नुवाकोटमा विविध कार्यक्रम गरिएको छ । एक सातासम्म मनाइने कार्यक्रममा विजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
“म बालिका हुँ, मैले नेतृत्व गर्ने परिवर्तनः संकटको अग्रपंक्तिमा बालिकाहरू“ भन्ने मुल नाराका साथ आयोजित १४ औँ अन्र्तराष्ट्रिय बालिका दिवस नुवाकोटका विभिन्न सामुदायिक विद्यालयहरुमा साताव्यापी रुपमा विविध कार्यक्रम गरी मनाइँदै छ । उक्त दिवस सन् २०११ देखि हरेक अक्टुबर ११ तारेखका दिन मनाइदै आएको हो ।
कार्यक्रममा सहभागीहरुले समाजमा अझै पनि लैङ्गिक विभेद कायम रहेको र यसका कारण बालिकाहरूमा विभेद, हिंसा, दुव्र्यवहारको जोखिममा हुने गरेको वताएका छन् । दिवसका अवसरमा विदुर नगरपालिकाको त्रिभुवन त्रिशुली मावि, च्वाडी पब्लिक मावि, भैरबी मावि, प्रगतिशिल मावि र चण्डेश्वरी मावि, बेलकोटगढी नपाको महादेव मावि र निरञ्जना मावि, लिखु गाउँपालिकाको क्षेत्रपाल माविमा विद्यालय केन्द्रीत विविध कार्यक्रमहरु गरी सो दिवस मनाइएको छ । कार्यक्रममा सम्वन्धित वडाका वडाध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय समुदाय, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
उक्त विद्यालयहरुमा दिवससँग सम्बन्धित वक्तृत्वकला, निवन्ध लेखन, कविता लेखन, भाषिक तथा गणितिय दौड खेल प्रतियोगिता र नाटक प्रस्तुतीलगायतका कार्यक्रमहरु गरिएका छन् । सहभागी विद्यार्थीहरु मध्ये उत्कृष्ट प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्थान हासिल गरेका सात विद्यालयका ३० जना विद्यार्थीहरुलाई स्टेसनरीलगायत विभिन्न शैक्षिक सामग्रीबाट पुरस्कृत गरिएको छ ।
सम्वन्धित विद्यालय अन्र्तगतका स्थानीय तहसंगको सम्न्वयमा रुडेक नेपाल र रुम टुरिडको सहयोगमा लैङ्गिक समानता कार्यक्रम संचालन भएका स्थानमा वालिका दिवस मनाइएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीको भनाई छ । उनका अनुसार कार्यक्रमले बालिकाहरुमा भएको रचनात्मक, समालोचनात्मक सिपसहित समाजमा बालिकाहरुले पनि नेतृत्व गर्न सक्ने र जीवनोपयोगी ज्ञान बांढ्न सबल र सक्षम रहेकोले बालिकाहरुलाई अवसरमा सहभागी मजवुत रुपमा गराइनु पर्ने आवाज उठेको छ ।
समाजमा बालिकाहरुको अधिकार स्थापित र सहज कार्यान्वयन गर्न, उनीहरुको शशत्तिकरण गर्न, लैङ्गिक भेदभाव हटाउन बालिकाहरुको अझै अहमभूमिका हुन्छ र त्यसमापनिअहिलेको पुस्ता सक्षम हुदै गइरहेको र बालिकाहरुको क्षमतालाई प्रोत्साहन गर्नुपर्ने बालिका शिक्षा कार्यक्रम अधिकृत कविता थापाले वताइन् । घर, विद्यालय, समाज वा अन्य स्थानमा बालिकाहरुले जीवनोपयोगी सिप हासिल गरी सवल, सक्षम र समुन्नत समाज निर्माण गर्ने कार्यमा रुडेक नेपाल सबै सरोकार वालाहरुसँग निरन्तर सहकार्य गर्दै अगाडि बढिरहेको कार्यक्रम व्यवस्थापक सन्तोष खनालको भनाई छ ।
लैङ्गिक समानता कार्यक्रम लागू भएका विद्यालयहरुमा अन्तराष्ट्रिय बालिका दिवसबको अवसरमा साताव्यापी रुपमा विविध कार्यक्रम भइरहेको छ । बालक्लवहरुको नेतृत्वमा कार्यक्रम भइरहेको रुडेक नेपालका प्रशासन अधिकृत राजकुमार श्रेष्ठको भनाई छ ।