गृहमन्त्रालयको मुल्यांकनमा नुवाकोट तेश्रो

७७ जिल्लामध्ये पर्वत पहिलो र पांचथर सवैभन्दा कमजोर
लोकखवर विशेष संवाददाता
२०८२ आश्विन २८, मंगलवार २०:४६

बिदुर–  गृहमन्त्रालयको वार्षिक मुल्यांकन प्रणालीमा नुवाकोट तेश्रो भएको छ । मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ को ७७ जिल्लाको कार्य सम्पादन मुल्यांकन सार्वजनिक गर्दै पहाडि संरचना रहेको नुवाकोट तेश्रो र पांचथर कमजोर रहेको विवरण सार्वजनिक गरेको छ ।

गृहमन्त्रालयले सम्वन्धित जिल्लाका प्रजिअहरुसंग गरेको कार्य सम्पादन सम्झौता अनुसार झण्डै ८० वटा सूचकहरुको मुल्यांकन प्रणालीमा कुल एकसय पुर्णाङ्कमा नुवाकोट ९५ दशमलव ३६८३ अंक प्राप्त गरि तेश्रो भएको हो । उक्त विवरण अनुसार उक्त आवमा चारवटै त्रैमासिकमा प्राप्त गरेको अंकका आधारमा पांचथर जम्मा ७३ दशमलव ८२८३ अंक प्राप्त गरेर सवैभन्दा कमजोर देखिएको छ ।

प्राप्त अंकका आधारमा ७७ जिल्लाहरु मध्ये भक्तपुर ९५ दशमलव ४६७५ अंक प्राप्त गरेर दोश्रो भएको छ । हिमाली जिल्ला मनाङले ९५ दशमलव २१२५ अंक प्राप्त गरेर चौंथो तथा धनकुटा ९५ दशमलव १९६ अंक प्राप्त गरेर पांचौं भएको गृह मन्त्रालयले जारी गरेर विवरणमा उल्लेख गरिएको छ ।

यससंगै छैटौंमा पाल्पा, सातौंमा पुर्वी रुकुम, आठौंमा कास्की, नवौंमा चितवन र दशौंमा रामेछाप जिल्ला भएको छ । नुवाकोटसं जोडिएको रसुवा रसुवाले १३औं स्थान ओगटेको छ ।

नेपाल सरकार, गृह मन्त्रालयले सम्वन्धित जिल्लाका प्रजिअहरुसंग गरेको कार्य सम्पादन सम्झौता अनुसार कायम सूचकहरुमा उक्त मुल्यांकन गरिएको हो । आर्थिक वर्ष. २०८१/०८२ मा सम्पादित कार्य सम्पादन सम्झौता बार्षिक नतिजामा विवरणमा उल्लेख गरिएको छ ।

गत २०८१ साउन १ गतेदेखि २०८२ साल असार मसान्तसम्ममा सम्वन्धित जिल्ला प्रशासन कार्यालयवाट भएका सेवा प्रवाह सुशासन, शन्तिसुरक्षा, विकास आयोजना व्यवस्थापन, विपद व्यवस्थापन, समन्वयलगायतका ८० सुचकहरुको मुल्यांकन गर्दै उक्त नतिजा सार्वजनिक भएको हो ।

वितेको आव २०८०/०८१ मा नुवाकोट ६६ औं स्थानमा रहेको थियो । नेतृत्वको कुशल व्यवस्थापन तथा सहकर्मी कर्मचारीहरूको क्रियाशीलताको कारण उक्त नतिजा प्राप्त भएको नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाह हुमागाइको भनाई छ । यसवाट आगामी दिनमा उच्च मनोवलका साथ जनतालाई सेवा प्रवाह गर्ने हौसला मिलेको उनले वताए । यस नतिजाले कर्मचारी वर्गमा थप उत्प्रेरित भएर कार्य प्रवाह तथा जनताको सेवा गर्न उर्जा मिलेको प्रजिअ शशिधर घिमिरेको भनाई छ ।


सर्वाधिक रुचाइएको