पिपलटारमा माइक्रो र मोटरसाइकल जुधे

– एक जना घाइते, दुबै सवारी साधन र चालक नियन्त्रणमा
लोकखबर
२०८२ आश्विन २९, बुधबार २१:३१

बिदुर– नुवाकोटको पिपलटारमा वुधवार सडक दुर्घटना भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
त्रिदेशिय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी अन्र्तगत देवीघाट–विदुर सडकखढडमा विद्युतीय माइक्रोवस र मोटरसाइकल ठक्कर खांदा मोटरसाइकल चालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विदुर नगरपालिका ५ पिपलटारमा विदुरबाट देवीघाटतर्फ गइरहेको बा०६–००१ज ३८६ नम्वरको विद्युतीय माइक्रोले प्र.०३–०२–००९प७२२० नम्वरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक बेलकोटगढी नपा ४ का ५२ वर्षिय पदमबहादुर घर्ती घाइते भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । घर्तीलाई विदुरस्थित स्वास्थ्य संस्थामा उपचार गरि थप उपचारका लागि काठमाडौ पठाइएको डिएपि लामाले वताए । दुबै सवारी साधन र विद्युतीय माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


सर्वाधिक रुचाइएको