पृथ्वी स्मारकमा संरचना निर्माण

– आकर्षक गन्तव्य वनाउने योजना
लोकखबर
२०८२ आश्विन २९, बुधबार २२:००

बिदुर– नुवाकोटको ऐतिहासिक देवीघाटस्थित पृथ्वी स्मारकलाई आकर्षक गनतव्य वनाउने योजनासहित संरचना निर्माण गरिएको छ । संघीय सरकारको लगानीमा स्मारकमा थप आकर्षक संरचनाको निर्माण भइरहेको छ ।

विदुर नगरपालिका ५ देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिक रहेको स्मारक स्थललाई थप व्यवस्थित र आकर्षित वनाउने योजना अनुसार विविध संरचनाको निर्माण भइरहेको छ । त्रिदेशिय मार्ग वीरगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी सडकमार्गको किनारामा रहेको उक्त स्मारकमा थप संरचना आधुनिक रुपमा ंनिर्माण भइरहेको छ ।

संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत कुल ५० लाख रुपैयाको लागतमा विविध संरचना निर्माण भइरहेको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए । यसवाट विदुर नपा तथा पृथ्वी स्मारक ऐतिहासिक तथा धार्मिक आकर्षक पर्यटकिय गनतव्यका रुपमा विकसित गर्ने योजना रहेको उनले वताए ।

उक्त संरचनाको ‘पृथ्वी स्मारकस्थल बगैंचा तथा हरियाली पार्क निर्माण’ कार्यको वुधवार मेयर राजन श्रेष्ठ विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेलगायतले स्थलगत अवलोकन तथा निरीक्षण अनुगमन गरे । कुल ५० लाख रुपैयाको लागतमा भइरहेको उक्त संरचनाको निर्माण कार्य आगामी पुस मसान्त अर्थात् पृथ्वी जयन्ती अगावै सम्पन्न गर्ने योजनासहित निर्माण भइरहेको छ ।


सर्वाधिक रुचाइएको