ग्रामीण विद्यार्थीहरुलाई शैक्षिक सामग्री

– अध्ययनप्रति उत्साहित
लोकखबर
२०८२ आश्विन ३०, बिहीबार २२:३८

बिदुर-ग्रामीण विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको छिमेकी रसुवाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनमा जागरुक भएको विद्यालयले जनाएको छ ।
कालिका गाउँपालिका–५ को सहयोगमा स्थानीय नीलकण्ठ नमूना माविमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । वाल विकास शिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत सवै विद्यार्थीहरूलाई वर्षभरी पुग्ने शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको कालिका ५ वडा कार्यालयले जनाएको छ ।

विद्यालयले वितरण गरिएको शैक्षिक सामग्रीले विद्यार्थीहरूको उत्साह र शैक्षिक सहभागिता अझ बढ्ने विश्वास व्यक्त गरेको प्रधानाध्यापक नारायण देवकोटाको भनाई छ । कार्यक्रमकावीच विद्यार्थीहरूलाई जुत्ता, मोजा, झोला, पानीको बोत्तल, कापीलगायत शैक्षिक सामग्रीहरू हस्तान्तरण गरिएको हो ।
कालिका ५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्दीप पौडेल, वडासदस्यहरू र विद्यालयका सदस्यहरू तथा प्रअ देवकोटालगायतले शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।


सर्वाधिक रुचाइएको