अस्पताल निर्माणका लागि महायज्ञ आयोजना

– त्रिदेशिय मार्गको रातमाटेमा अस्पताल निर्माणको तयारी
लोकखबर
२०८२ आश्विन ३०, बिहीबार २२:५१

बिदुर– त्रिदेशिय मार्गको वीचमा रहेको नुवाकोटको महादेवफांटमा अस्पताल निर्माणको तयारी सुरु भएको छ । यसका लागि श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको छ ।
बेलकोटगढी नगरपालिका ७ स्थित महादेवफाँटमा निर्माणको तयारी गरिएको सामुदायिक अस्पताल निर्माणका लागि आगामी कार्तिकमा महायज्ञको आयोजना गरिएको छ । चर्चित भागवत कथा वाचिका राधिका दासीद्वार श्रीमद्भागवत वाचन हुने महायज्ञ कार्तिक १९ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको आयोजकले जनाएको छ ।
महायज्ञको तयारीका सम्वन्धमा विभिन्न स्थानमा अन्तर्रक्रियासमेत गरिएको छ । अन्तर्रक्रियामा सहभागिहरुले महायज्ञ सफल बनाएर अस्पताल निर्माण गर्ने कार्यमा सवैको सहकार्य र हातेमालो आवस्यक रहेको वताए ।
स्थानीय भीमेश्वर सामुदायिक संस्थाको आयोजनामा रातमाटेमा सामुदायिक अस्पताल निर्माणका लागि महायज्ञ आयोजना गरिएको संस्थाका अध्यक्ष दामोदर नेपालले वताए । उनले यस सामूहिक अभियानमा सवैको सहकार्य निकै महत्वपुर्ण रहेको वताए ।
त्रिदेशिय मार्गका रुपमा रहेको वीरगन्ज–गल्छी – त्रिशूली–रसुवागढी सडकमा दुर्घटना वढ्दै गएको कारण आसपासमा अस्पताल समेत नभएकाले आफूहरुले सो स्थानमा सामुदायिक अस्पतालको परिकल्पना गरेको भन्दै सबैको साथ र सहयोगमा अस्पताल निर्माणको कार्य पुरा हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष नेपालले उक्त स्थान आपिासका गाउंमा हाल युवा पुस्ता थोरै र वृद्ध बा आमा मात्रै धेरै रहने गरेको अवस्थामा उक्त भेगमा अस्पताल निर्माणको आवस्यकता रहेको वताए । उनले सबैको साथ र सहयोगवाटै अस्पताल निर्माण र सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।
अन्र्तक्रियामा बेलकोटगढी, तारकेश्वर र विदुर नपा लगायतका सर्वसाधारणको सहभागिता रहेको थियो । अन्र्तक्रियामा सहभागीहरुल अस्पताल निर्माणको पवित्र उद्धेश्य लिएर आयोजित महायज्ञका लागि जनस्तरबाट साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
महायज्ञबाट संकलित प्रत्येक रकमको दैनिक रुपमा सार्वजनिक गरिने र एकहजार माथिका कारोबार बैकिड. प्रणालीमार्फत गरिने जनाउंदै आर्थिक पारदर्शीतालाई प्राथमिकता दिइने आया्जकले प्रतिवद्धता जनाए ।


सर्वाधिक रुचाइएको