पर्यटकिय स्थलमा भौतिक संरचना निर्माण

– आकर्षक गन्तव्यको रुपमा विकास
लोकखबर
२०८२ कार्तिक २, आईतवार २२:२०

बिदुर-नुवाकोटको पुर्वी भेगमा रहेको कविलासमा पर्यटकिय भौतिक संरचना निर्माण गरिएको छ । यसवाट उक्त स्थान पर्यटकिय गन्तव्यको रुपमा विकसित हुंदै गइरहेको छ ।

पञ्चकन्या–२ कविलासस्थित कपिलेश्वर फेदी नजिकै आकर्षक पिकनिक स्थलसहितको संरचनाहरु निर्माण गरिएको छ । स्थानीयकवासीको सक्रियता र बागमती प्रदेश सरकारको ३५ लाख रुपैयाँ लगानीमा निर्मित स्थानलाई आन्तरिक पर्यटकको केन्द्रका रूपमा विकास भइरहेको छ ।

नवनिर्मित पार्कमा सामुदायिक भवन, वस्नका लागि आकर्षकस्थान, वनभोजस्थल, फलामको पाइपमार्फत उठाइएको राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण भएका छन् । पाँचवटा सोलार बत्तीको जडानसँगै रातको समयमा पनि झलमल्ल देखिने उक्त स्थान निकै आकर्षक रहेको स्थानीयवासीको भनाई छ ।
उच्च स्थानमा रहेको कारण उक्त स्थानबाट लिखु र तादी खोलाको मनमोहक दृश्य देख्न सकिन्छ । वरिपरि फैलिएका रमणीय वनजङ्गल, बीचका थुम्का र नुवाकोटका अधिकांश भूभाग एकै स्थानबाट अवलोकन गर्न सकिने भएकाले उक्त स्थान आन्तरिक तथा वाह्य पर्यटकको लागि आकर्षण बनिरहेका कारण यसको विकास र प्रवद्र्धमा पन्चकन्या गापासमेत अग्रसर भएको छ ।

उक्त स्थानलाई पिकनिक स्पट बनाउनका लागि भाद्रे खोल्चा र लिखु खोलाबाट लिफ्टमार्फत पानी ल्याउने तयारी पनि भइरहेको छ । १६ हजार घनमिटर क्षमताको पानीको ट्याङ्की निर्माण भइसकेको छ ।
स्थानीय उपभोक्ताका अनुसार सिमेन्ट र मार्बल प्रयोग गरी मजबुत संरचना निर्माण गरिएको छ । स्थानीयवासीका अनुसार पार्क निर्माणले कपिलेश्वर–नाट्यश्वरी स्थानको प्रवद्र्धनमा थप मद्धत पु¥याउने अपेक्षा गरिएको छ ।

 


सर्वाधिक रुचाइएको