कुुमालवस्तीमा पिउने पानीको उपकरण

– पिउने पानीको सुविधा
लोकखबर
२०८२ कार्तिक २, आईतवार २२:३३

बिदुर- कुमाल समुदायको बसोवास रहेको नुवाकोटको तल्लो पिपल्टारमा पिउने पानीको उपकरणहरु प्रदान गरिएको छ । यसवाट पिउने पानीको सुविधा प्राप्त भएको छ ।

विदुर नगरपालिका ५ तल्लोपिपलटारमा रहेका कुमाल वस्तीमा खानेपानी सेवा सरल र सहज बनाउनको लागी विदुर नपा कार्यालयले आवस्यक उपकरणसहित पिउने पानीको पाइप प्रदान गरेको हो । विदुर नपाका मेयर राजन श्रेष्ठले कुमाल समुदायको वस्तीमा पुगेर पाएपलगायतका उपकरण हस्तान्तरण गरे ।
पिउने पानीको सुविधासंगै स्थानीयवासीलाई सुविधा पुगेको र यसलाई दीर्घकालीन र गुणस्तरिय रुपमा कार्य गर्न मेयर श्रेष्ठले सुझाव दिए ।
स्थानीयबासीबाट नगरपालिकामा माग भए अनुसार वडा कार्यालयको सिफारिस अनुसार पाइप प्रदान गरिएको उनले वताए ।   खानेपानीको पाइप सम्बन्धित उपभोक्तालाई हस्तान्तरण गरिएसंगै जडान गरिएको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । उनका अनुसार यसवाट ३० घर कुमाल समुदायलाई सुविधा पुगेको छ ।
५० एमएमको चारसय मिटर पाइप हस्तान्तरण गरिएको हो । यससंगै यसअघि कायम रहेको खानेपानी योजनाको स्तरोन्नती तथा सुदृढीकरणको कार्यसमेत गरिएको छ ।


सर्वाधिक रुचाइएको