पानी परेपछि भिजे खेतमै धान

– किसानहरू बिलखवन्दमा
लोकखबर
२०८२ कार्तिक ११, मंगलवार २१:४८

बिदुर-नुवाकोटका विभिन्न स्थानमा अकस्मात हिउंदे झरीसहितको पानी परेपछि खेतमा भित्राउन तयार धान भिजेको छ । सदरमुकाम विदुर, छहरे, रातमाटे, तुप्चे, पिपलटारलगायत आसपासका क्षेत्रमा मंगलवार विहानैदेखि पानी परेपछि खेतमा काट्न वांकी र काटेर चुट्न तयार पारिएको धान भिजेको छ ।

हिउंदे वर्षातले काटेर मुठा वनाइएको, काट्न तयार भएको र निहिनमा सुकाएको धान भिजेपछि सयौं कृषकहरू चिन्तित भएका छन् । थोरै अवधिमा पाक्ने धान खेतमा काटेर भित्राइसकेको र छिटो फल्ने धान कृषकले करिब/करिब भित्र्याए पनि कतिपय खेतमा ढिलो पाक्ने धान काट्न र भित्राउन वांकी रहेको धान भिजेको किसानहरु वताउंछन् ।

विउ र मलको अभाव भएपनि धान उत्पादन गरेका किसानहरू भित्र्याउने समयमा धान भिजेको विदुर नगरपालिका ६ इनारपाटीका किसान मधुसुदन अधिकारीको गुनासो छ । धान भित्राउन भनेर खेताला खोजियो, पानी परेर काम नै रोकियो, धान नै भिज्यो–उनले थप पीडा सुनाए ।
धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको अर्का कृषक चक्रपाणी अधिकारीले बताए । उनले अगाडि भने, ‘पानी पर्दैन होला भनेर धान काटियो अहिले काटेर सुकाएको निहिन मै धान भिजेको छ लगातार पानी पर्यो भने धान खेतमै उम्रन्छ होला ।’

विशेषगरि मध्यम र मसिनो धान ढिलो पाक्ने गदर्छ । हाल काटिरहेको र काट्न तयार भएको धान मध्यम र मसिनो धान भएको किसानहरु वताउंछन् ।
नुवाकोटमा अझैपनि बर्दियामा ४५ प्रतिशत धान भित्र्याउन बाँकी रहेको छ । केही धान कटान गरेर निहिनमा सुकाईएको धान पानी परेर भिजेको छ ।

 


सर्वाधिक रुचाइएको