ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

– खाद्यान्न तथा नगद हस्तान्तरण
लोकखबर
२०८२ कार्तिक १३, बिहीबार २१:१३

बिदुर-नुवाकोटको देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बा, आमाहरुको लागि विभिन्न सहयोग प्राप्त भएको छ । दाताहरुले खाद्यान्न तथा नगद हस्तथान्तरण गरेका हुन् ।

विदुर नगरपालिका ५ देवीघाटमा रहेको उक्त आश्रमलाई सहयोगी दाता बिदुर नपा ४ बट्टार आपघारीका विशाल परियारले पत्नी मञ्जु परियारको शुभ जन्म दिनको अवसरमा आश्रममा आश्रित ३९ जना वृद्ध बाआमाहरूलाई भोजनको लागि विभिन्न प्रकारका खाद्यान्नहरु प्रदान गरेका छन् । परियार दम्पत्तिले चामल २ बोरा, नुन २ केजी, दाल ४ केजी, तेल ५ लिटर,आलु ५ केजी, तरकारी ८ केजी, बिस्कुट तथा सादा पेय पदार्थहरु हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले जानकारी दिए ।

यसैवीच, रसुवाको कालिका गाउँपालिका २ कालिकास्थान बेतिनीका नवीन श्रेष्ठ र उनकी पत्नी सबु न्यौपाने(सावित्री) ले भोजनका लागि आर्थिक सहयोग गरेका छन् । उनीहरुका सुपुत्र जेम्स श्रेष्ठको तेस्रो जन्मदिनको अवसरमा देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका लागि नगद १४ हजार रुपैया नगद सहयोग प्रदान गरेका छन् ।

उनीहरुले प्रदान गरेको उक्त रकमले वृद्ध बाआमाहरुका लागि भोजन र फलफुल खरिद गरेर वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा हाल ३९ जना वृद्ध बाआमा रहेका छन् ।


सर्वाधिक रुचाइएको