२५ प्रकारका बेकरी एकैस्थानमा
बिदुर– बेकरीका पारखीहरुलाई नुवाकोटको वट्टारस्थित हावाघरमा एकै स्थानमा २५ प्रकारका बेकरीजन्य सामग्री उपलव्ध भएको छ । बेकरीको क्षेत्रमा कार्यरत नारायणी बेकरीको वट्टारवजारको हावाघरमा शाखा विस्तारसंगै बेकरीजन्य सामग्रीको विक्रि वितरण सुरु भएको छ ।

विदुर नगरपालिका ९ वाघटार, कोलोनीमा रहेको नुवाकोटको पुरानो ’श्री नारायणी पाउरोटी उद्योग’ मार्फत विदुर नपा–४ बट्टारस्थित हावाघरमा आफ्नो पहिलो शाखा विस्तार गरेको हो । उक्त स्थानमा रहेका बेकरीका पारखीहरुलाई बेकरीजन्य सामग्रीको सेवा सन्चालन गरिएको उद्योगका प्रमुख खिलवहादुर अधिकारीले वताए ।
बेकरी आइटम, कफी र रेष्टुरेन्ट सेवा सहित सञ्चालनमा ल्याइएको शाखाको उद्योगको वयोवृद्धा सञ्चालक देवमाया अधिकारीले शुभारम्भ गरिन् ।

सो उद्योगमा अधिकारीका तीन पुस्ता आवद्ध रहेका छन् । उक्त बेकरी शुभारम्भ कार्यक्रममा नुवाकोटका बेकरीका पारखीहरु, उद्योगी, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारणकोसहभागिता रहेको थियो । कार्यक्रममा उद्योगमा लामो स।मयदेखि कार्यरत र पुर्व कर्मचारीहरुलाई सम्मानित गरिएको छ ।

उद्योगले सन्चालन गरेको बेकरीका पहिलो कर्मचारी सोमवहादुर माझीलाई नगद ५० हजार एक रुपैया प्रदान गरि सम्मानित गरिएको छ । सञ्चालनमा सहयोग पु¥याउने व्यावसायीहरू तथा लामो समयदेखि समर्पित चार जना कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।

झण्डै तीन दशकदेखि सञ्चालनमा रहेको नारायणी बेकरीले आफ्नो पहिलो शाखा वट्टारवजारको हावाघरमा विस्तार गरसंगै २५ प्रकारका बेकरी आइटमका साथै कफि र पिज्जासमेत उपलव्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक सुशान अधिकारीले वताए । उनले अगाडि भने हाम्रो सेवामा एकता, मिहिनेत र दृढ संकल्पको प्रतिक शाखा विस्तारसँगैस्थानीय स्रोत, स्थानीय कफी र घरेलु कच्चा पदार्थलाई प्राथमिकता दिंदै स्थानीय उत्पादनको बजार प्रवद्र्धनमा समेत कम्पनीले खास प्राथमिकता राखेको बताए ।

केही समयभित्रै आधुनिक डिजिटल प्लेटफर्ममार्फत ग्राहकले घरमै बसेर अर्डर गर्न सक्ने सुविधा उपलब्ध गराइने अधिकारीले वताए । नारायणी बेकरीले हाल ५५ भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको कम्पनीका सञ्चालक खिलबहादुर अधिकारीले वताए ।



















































