महादेवफांटमा अस्पतालका लागि आर्थिक सहयोग

– तारकेश्वर गापाले दियो पांचलाख
लोकखबर
२०८२ कार्तिक २७, बिहीबार २१:४१

बिदुर– त्रिदेशिय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको महादेवफांटमा अस्पताल निर्माणका लागि आर्थिक सहयोग जुटेको छ । तारकेश्वर गाउंपालिकाले विहीवार उक्त मार्गको वीचमा रहेको महादेवफांटमा सामुदायिक अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेको हो । घोषणा अनुरूप तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले अस्पताल निर्माणका लागि गाउँपालिकाको तर्फबाट ५ लाख रुपैया सहयोग हस्तान्तरण गरेका हुन् । उनले गापामा आयोजित कार्यक्रममा श्रीमद्भागवत् सप्ताह ज्ञान महापुराण आयोजलाई उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा महायज्ञ आयोजक समितिको तर्फबाट अधिकारीलाई सम्मानपत्र समेत प्रदान गरिएका थियो । चर्चित कथावाचिका राधिका दासीको प्रवचनमा बेलकोटगढी नगरपालिका, महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि लगाइएको महायज्ञमा कुल एक करोड रुपैया संकलन हुनुका साथै ६ जनाले जग्गा दान गरेका थिए । अध्यक्ष अधिकारीले आफ्ना दिवंगत पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको स्मृतिमा व्यक्तिगत रुपमा ५१ हजार एकसय १० रुपैयाँ दान गरेका थिए ।

छिमेकी वेलकोटगढी नगरपालिकाको रातमाटेमा निर्माण हुन लागेको र तारकेश्वर गाउँपालिकाका बासिन्दा समेत लाभान्वित हुने सुविधा सम्पन्न अस्पतालका लागि गाउँपालिकाका तर्फबाट पांच लाख र व्यक्तिगत रुपमा ५१ हजार एकसय १० रुपैयाँ दान गराएको अध्यक्ष अधिकारीले वताए । अध्यक्ष अधिकारीले तारकेश्वर गापा कार्यालय दाङसिङमा आयोजक संस्थाका अध्यक्ष दामोदर नेपालसहितका पदाधिकारी, सदस्यहरलाई ५ लाख रुपैयाको चेक हस्तान्तरण गरे । उनले छिटो भन्दा छिटो अस्पताल निर्माण गरेर जनताको सेवा गर्न अनुरोध गरे ।


सर्वाधिक रुचाइएको