प्याव्सनको भवन उद्घाटन

– उत्कृष्ट विद्यालय, गायन तथा नृत्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार
लोकखबर
२०८२ कार्तिक ३०, आईतवार २२:३८

बिदुर- प्याब्सन नुवाकोट आफ्नै भवनमा सरेको छ । बट्टार वसपार्कमा आफ्नै भवन निर्माण गरेपछि प्याव्सन नुवाकोट आइतवारदेखि आफ्नै भवनमा सरेको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नुवाकोटले विदुर नगरपालिका ४ बट्टार वसपार्कमा भुकम्प प्रतिरोधी पक्कि कार्यालय भवन निर्माण गरेको हो ।

कुल ७५ लाख रुपैयाको लागतमा निर्मित तीन तले उक्त भवनमा तीन वटा हल र आठ वटा कोठा रहेको छ । बट्टारवजार बसपार्कस्थित ६ आना जग्गामा निर्मित उक्त पक्कि भवन निर्माणका लागि सदस्य निजी विद्यालयहरु, विभिन्न सहयोगी संस्थाहरु आर्थिक सहयोग गरेको प्याव्सन नुवाकोटका सचिव रामजी भट्टको भनाई छ । नवनिर्मित भवनको आइतवार कार्यक्रमकावीच प्याब्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले उद्घाटन गरे ।

उनले शिक्षाको गुणस्तरियताको स्तर वृद्धिका लागि प्याव्सनले महत्वपुर्ण कार्य गरिरहेको वताए । उक्त कार्यक्रममा प्याब्सन नुवाकोटले मासिक रुपमा गर्दै सञ्चालन गर्दै आएको अतिरिक्त क्रियाकलाप अन्तरगत यस पटक नृत्य र गायन प्रतियोगिता समेत सञ्चालन गरेको थियो । उक्त प्रतियोगिताहरुमा दुबै विद्यामा प्रथम र द्वितीय स्थान गणेश भ्यू बाटिका र गुडविल एकेडेमीले हासिल गरेका छन भने, नृत्यमा तृतीय स्थानमा नुवाकोट ग्लोरी तथा सान्त्वनामा सुभेनियर बोर्डिङ स्कुल र त्रिशूली सामुदायिक स्कुल सफल भएका छन् ।

गायनमा तृतीय सुभेनियर बोर्डिङ स्कुल र सान्त्वनामा सेइ बोर्डिङ स्कुल रहेका छन् ।  भवन उद्घाटन कार्यक्रममा प्याब्सन केन्द्रीय सहअध्यक्ष गोपालनाथ आचार्य, वागमति प्रदेश अध्यक्ष मुरारीप्रकाश सन्जेल, प्याब्सन नुवाकोटका पूर्व अध्यक्षहरु ठाकुरप्रसाद पुडासैनी, रामहरि रिमाल, विजय श्रेष्ठ, बुद्धिसागर रिजाल, प्रकाश कुइकेल र ताराबहादुर कार्की, प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारी, प्याव्सन विदुर नपा अध्यक्ष रामराजा कुमाललगायतले अव शिक्षालाई व्यवहारिक तथा आधुनिक वनाइनु पर्ने वताए ।

प्याव्सन नुवाकोटले उद्घाटनसंगै आफ्नै भवनबाट औपचारिक रूपमा आफ्नो गतिविधिहरू सञ्चालनमा ल्याएको छ । शिक्षा क्षेत्र सुदृढ र व्यवस्थित बनाउन उक्त भवन एक महत्वपूर्ण आधार हुने विश्वास प्याव्सन नुवाकोटले लिएको छ । सोही कार्यक्रममा नृत्य तथा गायन प्रतियोगितासमेत गरिएको छ ।

नृत्यमा २२ र गायनमा २५ वटा निजी तथा आवासीय विद्यालयहरुको सहभागिता रहेको थियो । नृत्यमा गणेश भ्यु एकेडेमी प्रथम, गुडविल एकेडेमी द्वितिय, नुवाकोट ग्लोरी तृतीय तथा सुभेनियर वोर्डिङ स्कुल र त्रिशूली सामुदायिक वोर्डिङ स्कुलले सान्त्वना पुरस्कार जिते । यस्तै गायनमा गणेश भ्यु एकेडेमी प्रथम, गुडविल एकेडेमी द्वितिय, सुभेनियर वोर्डिङ स्कुल तृतीय तथा सेई वोर्डिङ स्कुलले सान्त्वना पुरस्कार जिते ।

नृत्य र गायन दुवै विद्यामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना प्राप्त गर्ने विद्यालयहरुले क्रमशः नगद १० हजार, आठ हजार, ६ हजार र चारहजार रुपैया पुरस्कार प्राप्त गरे ।
निजी तथा आवासीय विद्यालयहरुमध्येवाट मावितर्फ उत्कृष्ट नतिजा ल्याएको नुवाकोट ग्लोरी र आधारभुततर्फ सामुदायिक विद्या मन्दिरलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको छ । उनीहरुले क्रमशः नगद २५ हजार र सामुदायिक विद्यामन्दिरले १० हजार रुपैया पुरस्कार प्राप्त गरे ।

गत वर्षको एसइई परिक्षामा गत वर्षको एसइई परिक्षामा निजी तथा आवासीय विद्यालयहरुवाट नुवाकोट ग्लोरी प्रथम, नर्थ स्टार द्वितिय, गणेश भ्यु तृतीय र नेशनल वेथेलले चौथो स्थानको नतिजा ल्याएका कारण सम्मानित गरिएको प्याव्सन नुवाकोटले जनाएको छ । जिल्लाभरिका निजी विद्यालयहरु मध्ये विभिन्न विद्यामा भएका प्रतिस्पर्धा तथा शैक्षिक क्रियाकलापहरुको नतिजाको आधारमा छनौट हुने सर्वाेत्कृष्ट विद्यालय २०८१ को विद्यामा माद्यामिक तहतर्फ नुवाकोट ग्लोरी सेकेण्डरी बोर्डिङ स्कुल सुर्यगढी ५ र आधारभूत तहतर्फ सामुदायिक विद्या मन्दिर देवीघाट पुरस्कृत भएका छन् ।

उक्त दुबै विद्यालयहरु अघिल्लो शैक्षिकसत्रमा समेत सर्वाेत्कृष्ट भएका थिए । उनीहरुलाई प्रमुख अतिथिलगायतले सम्मानपत्र प्रदान गरे ।


सर्वाधिक रुचाइएको