सांढे आठ हजारको नामावली दर्ता

नामावली दर्ता गर्नेमा युवा पुस्ता धेरै
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर ८, सोमबार २२:१६

बिदुर-आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सकिएको छ । नामावली दर्ता गर्नेमा युवा पुस्ता धेरै रहेको छन भने आफैं फर्म भरेर थोरैले दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा एक महिना २५ दिनको अवधिमा साढे आठ हजारले मतदाता नामावलीका लागि फर्म भरेका छन् । गत असोज १० गतेदेखि मंसिर ५ गते शुक्रवारसम्म नुवाकोटमा आठहजार चारसय एक जनाले नाम दर्ता गरेको कार्यालय प्रमुख होमवहादुर थापामगरले वताए ।

उनका अनुसार राष्ट्रिय परिचयपत्रमार्फत ६ हजार १२ र दुई हजार तीनसय ८९ जनाले वायोमेष्ट्रिकसहित फर्म भरेका हुन् । दुई प्रतिशतले आफैं फर्म भरेर कार्यालयमा वुझाएका थिए । फोटोसहितको मतदाता नामावली संकलनमा यस पटक युवा पुस्ताको आकर्षण देखिएकोे जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । मतदाताका लागि नामावली दर्ता गरेपनि निर्वाचन आयोगले फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुले मतदान गर्न पाउने प्रावधान तय गरेको छ ।

कार्यालय प्रमुख थापामगरका अनुसार हालसम्म आठ हजार चारसय एक जनाको नया नामावली संकलन गरिएको छ । नुवाकोटमा १२ वटा स्थानीय तह रहेका छन् ।
ती सबै ठाउँमा मतदाता अपडेट अभियानलाई सहज बनाउन निर्वाचन कार्यालयले आवश्यक समन्वय गरेकामे थियो । स्थानीय तह तथा वडा कार्यालयमार्फत नागरिकलाई नामावली संकलनमा सहभागी हुन निरन्तर जानकारसिमेत गराइएको थियो ।

थापामगरका अनुसार वडा–वडामा जनचेतना कार्यक्रम, सचेतना, तथा सन्चारमाधयममार्फत मतदाता सूचीमा नाम समावेश गराउन सर्वसाधारणलाई आह्वान गरिएको थियो । उत्साहजनक रुपमा नयां मतदाताका लागि नामावली संकलन गरिएको कर्मचारी रमेश श्रेष्ठले वताए । आगामी फागुन २१ गते घोषित निर्वाचनलक्षित मतदाता नामाबली संकलन कार्य सकिएसंगै पहाडि संरचना रहेको नुवाकोटमा  मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका प्रमुख होमबहादुर थापामगरले दिनुभएको जानकारी अनुसार नुवाकोट जिल्लामा नाम दर्ता गराउनेहरुमा पुरुषतर्फ एकहजार तीन सय ५१ जना रहेका छन् । यस्तै महिलातर्फ आठसय ८१ जनाले नामाबलीमा नाम दर्ता गराएका छन् । कार्यालयबाट बाहिरी जिल्लाका लागि १सय ५६ जनाले नाम दर्ता गराएका छन् । जसमा पुरुष ९१ र महिला ६६ जना रहेका छन् ।

राष्ट्रिय परिचय पत्रमार्फत दर्ता गराउनेको संख्या रुजू भइरहेको छ । निर्वाचन आयोगले जेनजी पुस्तालाई लक्ष्यित गरी अध्यादेशमार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको थियो । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामाबलीमा नाम दर्ता गराउनेहरुको बढ्दै गएपछि थपेर यही मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको थियो ।

उक्त अवधिमा देशभरबाट आठ लाख भन्दा बढिले नाम दर्ता गराएका छन् । निर्वाचन आयोगले फागुन २१ गते तय भएको निर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।


सर्वाधिक रुचाइएको