तीनसय विद्यार्थीलाई न्यानो कपडा 

– प्रभावकारी रुपमा सचेतनामा जोड
लोकखबर
२०८२ मंसिर १०, बुधबार २२:०४

बिदुर – नुवाकोटको खड्गभन्ज्याडस्थित एक विद्यालयमा अध्ययनरत तीनसय जना विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । जाडोमा न्यानो सामग्री पाउंदा विद्यार्थीहरु अधययनप्रति उत्साहित भएका छन् ।

विदुर नगरपालिका ३ खड्गभन्ज्याडमा रहेको प्रगतीशिल माविमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत दुइसय ९३ जना विद्यार्थीहरुलाई कार्यक्रमकावीच न्यायो कपडा वितरण गरिएको हो  । यसका साथै विद्यालयमा अध्यापन गराउने १९ जना शिक्षकहरुलाई पनि जाडोमा न्यायो कपडा वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा रिमालले जानकारी दिए ।

विद्यार्थी तथा शिक्षकहरुलाई न्यानो कपडा विदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, रणभुवेनेश्वरी क्याम्पसका प्रमुख आरपी रिमालसहित सहयोगी नविक कोइराला फाउण्डेशन अमेरिकाका  प्रतिनिधिहरुले वितरण गरेका हुन् । जाडोमा विद्यार्थीहरुलाई न्यायो कपडा वितरणसँगै विद्यार्थीहरु निकै खुशी भएको विद्यालयले जनाएको छ ।

सामाजिक उत्तरदायित्व कार्यलाई समाजमा भौतिक रुपमा उपलवध गराइएको सहयोगी संस्थाले जनाएको छ । न्यायो कपडास्वरुप ट्रयाकसुट वितरण गरिएको हो भने यसअघि पनि फाउण्डेसनले विदुर नपा १३ हर्कपुरस्थित कन्यादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ ।


सर्वाधिक रुचाइएको