औषधि व्यवसायी आन्दोलित

– ऐनका दुईवटा दफा खारेजीको माग
लोकखबर
२०८२ मंसिर १५, सोमबार २२:०७

बिदुर-औषधि व्यवस्था ऐनका दुई उपदफा खारेज गर्न माग गर्दै नुवाकोटका औषधि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन् ।

औषधि ऐन २०३५ को दफा ११ अन्तर्गतका उपदफा ३ र ५ तत्काल खारेज गर्नुपर्ने मागसहित उनीहरूले सोमवार नुवाकोटका औषधि पसलहरु एक घण्टाका लागि बन्द गरेका हुन् । उनीहरुले आइतबार बिहान ११ बजेदेखि नै औषधिको आयात, थोक तथा खुद्रा सबै प्रकारका औषधि पसल एकै पटक बन्द गर्दै व्यवसायीहरू आन्दोलित भएको संघका सदस्य हरि प्याकुरेलले वताए ।

औषधि व्यवसायीहरुले सम्वन्धित कार्यालय वा शाखा कार्यालयहरूसहित सम्बन्धित निकायहरूमो धर्ना दिँदै विरोध जारी राखेका छन् । ऐन संशोधनको मागलाई सम्बोधन गर्न व्यवसायीहरुले माग गरेका हुन् ।


सर्वाधिक रुचाइएको