प्रसिद्ध दुप्चेश्वरमा मेला सुरु

लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १५, सोमबार २३:२०

बिदुर-नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा विशेष मेला सुरु भएको छ । मेलामा दैनिक हजारौं जना पुगिरहेका छन् । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर रहेको छ ।

मेला अन्र्तगत आन्तरिक तथा भौतिक व्यवस्थापन पुरा गरिएको छ । भक्तजनहरु आउने क्रम जारी रहेको दुप्चेश्वर धामका पुजारी भगवानहरि धितालको भनाई छ ।
दोस्रो पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वरमा प्रत्येक वर्षको धान्य पुर्णिमाको दिन विशेष लाग्ने गरेको छ । साताव्यापी रुपमा लाग्ने उक्त मेलामा देश तथा विदेशवाट भक्तजनहरु आउन थालेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

उक्त मेला धान्यपुर्णिमाको अवसरमा यहि मंसिर १६ र १७ गते विशेष रुपमा लाग्ने समितिका अध्यक्ष तथा दुप्चेश्वर गाउंपालिकाका अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उक्त मेला यहि मंसिर १३ गतेदेखि साताव्यापी रुपमा सुरु भएकोे कोषले जनाएको छ । मेलाका लागि आवस्यक विभिन्न ११ वटा उपसमितिहरु गठन गरि कार्य भइरहेको कोषका अध्यक्ष थापाको भनाई छ । यसका साथै मेलामा जान मन्दिर परिसरसम्मा नै मोटरवाटो पुगेकाले यसको पनि छुट्टै व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

यसअघि नै मेलाको तयारी स्वरुप मन्दिर परिसरमा विभिन्न विकास निर्माणसमेत गरिएको छ । जग्गा सम्याउनुका साथै विभिन्न आकर्षक संरचनाहरुको निर्माण गरिएका छन् । देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमनसमेत दैनिक रुपमा वढिरहेको छ । दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै वढिरहेका छन् ।

नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा लागेको साताव्यापी धान्य पुर्णिमाको अवसरमा हजारौं भक्तजनहरुले आउने क्रम जारी रहको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठको भनाई छ । प्रसिद्ध दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ । दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हाल हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् ।

उक्त स्थानमा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ । हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्यसमेत वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् । दुप्चेश्वर विकास कोषका कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार क्रियाशील रहेको बताए । दुप्चेश्वर धाममा लागेको मेलामा दर्शन गर्नका लागि आउने श्रद्धालु भक्तजनहरु मध्ये अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूको लागि सहज र सुरक्षित रुपमा विशेष बैकल्पिक मार्गको व्यवस्था गरिएको छ । प्रसिद्ध दुप्चेश्वर धाममा लागेकोे मेलामा आन्तरिक तथा वाह्य भक्तजनहरुकोसमेत आगमन भइरहेको छ ।

नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको स्थानीयवासी तथा पुजा आरती समितिका सदस्य रमेशप्रसाद आचार्यको भनाई छ । पशुपतिनाथको पर्यायको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा जानका लागि यातायातको पहुंच र सहजतासंगै भक्तजनहरु आउने क्रमसमेत वढिरहेको उनको भनाई छ ।

आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् । दुप्चेश्वर धाममा दर्शन गर्ने भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा भक्तजनहरु धेरै जना पुगिरहेका छन् । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।

दुप्चेश्वरमा आएकाहरुलाई पुजाआजा र महादेवको शिला दर्शनमा कुनै बाधा नहोस् भन्ने उद्देश्यले, नजिकैको भजन मण्डलीमा सम्पर्क गरी वैकल्पिक मार्ग प्रयोगको अनुमति तथा सहजीकरणकोे व्यवस्था गरिएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको थियो । उक्त व्यवस्थामार्फत सबै वर्ग र कमजोर शारिरीक अवस्था भएका भक्तजनले दुप्चेश्वर महादेवको दर्शन गर्न सकुन् भन्ने उद्धेश्य रहेको कोषाध्यक्ष श्रेष्ठको भनाई छ । दुप्चेश्वर धाम जान सर्वसाधारणले गाडी रिजर्भ गर्नुका साथै निजी गाडी र मोटरसाइकलमासमेत पुग्ने गरेका छन् ।

हिन्दु र वौद्धमार्गीहरु दुप्चेश्वर धाम पुग्दै आएका छन् । पछिल्लो समय काठमाडौसहित नुवाकोट, रसुवा, धादिङ, काभ्रे, चितवनसहित अन्य स्थानबाट सहज रुपमा सवारीसाधनमा मन्दिरसम्म नै जान पाईने भएकाले दर्शनार्थी बढिरहेका हुन् । मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि दुप्चेश्वर गाउँपालिकासहितका स्थानीय संघ संस्थाहरु सक्रियताकासाथ लागिरहेका छन् । मेलालाई भव्य र व्यवस्थित वनाउनका लागि दुप्चेश्वर क्षेत्र विकास कोषले मन्दिर परिसरमा सरसफाई लगायतका काम गरेको छ ।

यस्तै दुप्चेश्वर गापाले पनि मेलालाई शान्त, सुरक्षित र व्यवस्थित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष शंकरवहादुर थापाले मेलामा धेरै भन्दा धेरै दर्शनार्थीलाई स्वागत गर्न पाउंदा गापा निकै खुसी रहेको वताए । दुप्चेश्वर विकास कोषका सदस्य रामेश्वर धितालले मेला व्यवस्थापनलाई प्रभावकारी बनाइएको र यसवर्ष मेलामा २० हजार भक्तजन दर्शनका लागि आउने अपेक्षा रहेको वताए । उनका अनुसार दुप्चेश्वर महादेव मन्दिरमा विशेषत सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको विश्वास गरिन्छ ।

पौराणिक कथनअनुसार चार सय वर्षअघि स्थानीय वासु तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ । मेला भर्न नुवाकोट र रसुवाका साथै राजधानी काठमाडौँ, धादिङ, रसुवालगायत मुलुकका विभिन्न भागबाट भक्तजन पुग्ने गर्दछन् ।

मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरणसमेत भइरहेको छ । यसैवीच, नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकभित्र रहेको धार्मिक तथा ऐतिहासिक धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा धान्य पूर्णिमाका अवसरमा मेला लाग्ने भएकाले गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी तथा गैह्रसरकारी एवं शैक्षिक संस्थामा बिदा दिने निर्णय गरिएको गाउंपालिकाले जारी गरेको सूचनामा जनाइएको छ । दुप्चेश्वर हिन्दु तथा वौद्धमार्गीहरुको मुख्य तीर्थस्थल हो ।

 


सर्वाधिक रुचाइएको