सामुदायिक बिद्यालयका शिक्षक जागरण अभियान
बिदुर– सामुदायिक विद्यालयमा प्रभावकारी शिक्षा योजनाका लागि नुवाकोटमा शिक्षक जागरण अभियान सन्चालन गरिएको छ । दुई स्थानीय तहमा एकैपटक उक्त कार्यक्रम सन्चालन भएको छ । बेलकोटगढी नगरपालिका र तादी गाउपालिकामा शुक्रवारदेखि एकैपटक उक्त अभियान सुरु भएको हो । यस तालिममा बेलकोटगढीमा ४८ विद्यालयका एक÷एक जना र तादीमा १३ विद्यालयमा २६ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको छ ।

एकीकृत पाठ्यक्रम (कक्षा १ देखी ३) सम्बन्धि ५ दिने शिक्षक जागरण ( कस्टमाइज्ड) तालिम एकेपटक नुवाकोटको बेलकोटगढी नपा र तादी गापामा सन्चालन भएको हो । कार्यक्रम अन्र्तगत बेलकोटगढीमा सन्चालित आधारभूत तह (कक्षा १–३) को एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड पाँच दिने तालिमको बेलकोटगढी नपाका मेयर जगतबहादुर गुरुङले उद्घाटन गरे ।

उनले शिक्षामा सामुदायिक सुधार आवस्यक रहेको वताए । समय सुहाउंदो आधुनिक र व्यवहारिक शिक्षाको आवस्यकता औल्याए ।

तादी गापाको खरानीटारमा शुक्रवारै आयोजित कार्यक्रममा गापा अधयक्ष सन्तमान तामाङले उद्घाटन गरे । उनले विद्यालय तथा शिक्षामा वयापक सुधार आवस्यक भएको हुंदा यस प्रकारको कार्यक्रमले सहयोग पु¥याउने धारणा राखे । सम्वन्धित स्थानीय तहहरुको आयोजनामा रुम टु रिड र रुडेक नेपालको समन्वय र सहकार्यमा उक्त तालिम एकैपटक संचालन भएको हो । शिक्षा तालिम केन्द्र धुलिखेलले रुम टु रिड र रुडेक नेपालको सहयोगमा प्रशिक्षित रोष्टर प्रशिक्षकहरुमार्फत तालिम संचालन भएको हो ।

सहभागी शिक्षकहरुलाई रुम टु रिडका कृष्ण खतिवडा, ओमकुमार श्रेष्ठ रुडेक नेपालका सन्तोष खनाल, फुर्कु घलेले सहजीकरण गरिरहेका छन् । सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षामा संचालित एकीकृत पाठ्यक्रमलाई व्यवस्थित बनाई पाठ्यक्रमको मर्म अनुसार कक्षाकोठा शिक्षणमा सुधार ल्याएर विद्यार्थीको सिकाइलाई प्रवद्र्धन गर्न तालिम संचालन भएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । दुवै पालिकामा सन्चालित तालिमको उद्घाटन कार्यक्रममा सहभागी अतिथीहरुले शिक्षामा गर्दै आएको सहयोग र समन्वयकारी भुमिकाकोे प्रशंसा गरेका थिए ।

अतिथीहरुले शिक्षकहरुको पेशागत विकासमा यस्ता खालका तालिमले उर्जा भर्ने र कक्षाकोठा सिकाईमा परिवर्तन गरी शिक्षण गर्न आवश्यक रहेको कुरा बताएका थिए । शिक्षकको पेशागत विकास र सहयोगमा रुमटुरिड र रुडेक नेपालले नुवाकोटका सबै स्थानीय तहमा आवश्यक सहयोग र सहकार्य गर्दै कक्षाकोठामै शिक्षकको सहयोग रुपरेखा निर्माण समेत गर्न सकिने र त्यसका लागि सहयोग गर्न सकिने कार्यक्रम व्यवस्थापक तथा प्रशिक्षक सन्तोष खनालले बताए ।

बेलकोटगढी नपामा आयोजित कार्यक्रममा मेयर जगतवहादुर गुरुङ, प्रमुख प्रशासकिय अधिकृत शिक्षा नेत्रप्रसाद घिमिरे, युवा तथा खेलकुद शाखाका प्रमुख भद्र कठायतलगायतले शिक्षकहरुको शैक्षिक सुधारको क्रियाशीलताका सम्वन्धमा चर्चा गरेका थिए । उता, तादी गापामा अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, विद्यालय निरीक्षक सन्तोष खनाल, सहजकर्ताहरू कुमारराज श्रेष्ठ, ईश्वरदत्त जोशी, माया रोकाया, शिक्षक सहजकर्ता दीपकप्रसाद सिटौलालगायतले अवको शिक्षाका प्रविधिमैत्री जरुरी भएको वताए ।


















































