गाउंका विद्यार्थीलाई न्यानो कपडा

– विद्यार्थीहरु खुसी
लोकखबर
२०८२ पुष २, बुधबार २३:१०

बिदुर-नुवाकोटको पुर्वी भेग टोड्केमा रहेको एक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा प्रदान गरिएको छ । बेलकोटगढी नगरपालिका  ५ टोड्केस्थित गणेश आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । उक्त विद्यालयमा अध्ययनरत ५० भन्दा बढि विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ ।

बेलकोटगढी ५ कोल्पुटारका यज्ञप्रसाद रिमालको १०४ औं जन्मजयन्तीका अवसरमा नाती उत्सव रिमालको सहयोगमा विद्यालयमा अधयननरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । नुवाकोटकै ज्येष्ठ नागरिकमध्ये अग्रज रिमालको सुस्वास्थ्य तथा दिर्घायुको कामनासहित रिमालले आफ्नै गाउँको विद्यालयमा अध्ययनरत साना बालबालिकालाई सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको वताए ।

कार्यक्रममा शिक्षाप्रेमी वृद्ध यज्ञप्रसाद रिमालका जेठा छोरा नारायण रिमाल, बेलकोगढी नगरपालिकाकी कार्यपालिका सदस्य अनुराधा श्रेष्ठलगायतले न्यानो कपडा हस्तान्तरण गरेका हुन् । रिमालले यसअघि पनि विविध सामाजिक सहयोग गर्दै आएका छन् । रिमालको उक्त सहयोगसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीहरु निकै खुशी भएको विद्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको