पौने चारसय विद्यार्थीलाई पोशाक वितरण

– विद्यार्थीहरु उत्साहित
लोकखबर
२०८२ पुष ४, शुक्रबार २२:२२

बिदुर– विद्यार्थीहरुलाई अध्ययनप्रति उत्साहित गराउने उद्धेश्यले नुवाकोटको देउरालीमा रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पडक वितरण गरिएको छ । यसवाट विद्यार्थीहरुमा जाडोयाममा विद्यालय गई अध्ययन गर्न उत्साहित भउका छन् ।

शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको “यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रस्ट“ ले म्यागङ गाउंपालिका ३ स्थित देउराली माविमा अध्ययनरत सवै विद्यार्थीहरुलाई न्यानो कपडा हस्तान्तरण गरेको हो । उक्त विद्यालयमा अधिकांश तामाङ समुदायका वालवालिकाहरु अध्ययनरत रहेका छन् ।

जाडोमा न्यानोका लागि सो विद्यालयमा अध्ययनरत तीनसय ७८ जना विद्यार्थीहरुलाई एकैपटक एक/एक थान न्यानो पोशाक ट्रयाकसुट प्रदान गरिएको ट्रष्टका अध्यक्ष डा. केदारनरसिह केसीले जानकारी दिए । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा ट्रष्टका संरक्षक तथा पुर्व शिक्षामन्त्रि अर्जुननरसिह केसी, ट्रष्टका महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, म्यागङ गापाका अध्यक्ष आशावहादुर तामाङ, उपाध्यक्ष सीता वाइवा, ट्रष्टका सहचिव सरोज केसीलगायतले विद्यार्थीहरुलाई न्यानो पोशाक हस्तान्तरण गरे ।

विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्दै ट्रष्टका संरक्षक तथा पुर्व शिक्षामन्त्रि अर्जुननरसिह केसीले शिक्षामा अव परिवर्तन आवस्यक भइसकेको वताए । स्वरोजगार तथा सिपमुलक प्राविधिक शिक्षालाई प्राथमिकता दिएर युवा शक्ति पलायन हुनवाट रोक्ने शिक्षा अवलम्वन गरिनु पर्नेमा जोड दिए ।


सर्वाधिक रुचाइएको