घरेलु मैदानमा जित्यो निलकण्ठले उपाधि

– आर्थिक मामिलामन्त्रिले गरे पुरस्कार वितरण
लोकखवर खेल संवाददाता
२०८२ पुष ५, शनिबार २२:२२

बिदुर– विद्यालयस्तरमै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटस.गै जोडिएको रसुवाको उत्तरगयास्थित वोगटीटारमा सन्चालित छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता ।तथा उपविजेतालार्य पुरस्कार प्रदान गरिएको छ ।

उत्तरगया गाउँपालिकाद्वारा आयोजित उक्त प्रतियोगिताका विजेता तथा उपविजेतालाई वागमति प्रदेशका आर्थिक मामिलामन्त्रि प्रभात तामाङले पुरस्कृत गरे । उक्त प्रतियोगिताको उपाधि निलकण्ठ मावि वोगटीटारले जितेको छ । घरेलु मैदानमा उक्त विद्यालयले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै कुल १४ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल २३ पदक जित्दै उपाधि उचालेको हो ।

द्वितिय भएको डाँडागाउँ मावि डाँडागाउँले ७ स्वर्ण, ८ रजत र ६ कास्यसहित २१ पदक, तृतीय भएको भूमेदेवी मावि ठुलोगाउँले ५ स्वर्ण, १० रजत र २ कास्यसहित १७ पदक ल्यायो । नवविजयी महेन्द्र मावि भलायडाँडाले २ रजत र ८ कास्यसहित १० पदक प्राप्त गरेको छ । त्यसैगरी पञ्चलिङ्गे आविले ४ कास्य र ढुशङ्गे आविले २ कास्य पदक मात्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्तरगया गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको सहभागिता रहेको गाउँपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।

विजयी विद्यालय तथा विद्यार्थीहरुलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामा, नौकुण्ड गापाका अध्यक्ष नुर्वुसाङ्बो घले, प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, कालिका गापाकी उपाध्यक्ष मिरा तामाङलगायतले शिलड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरे ।


सर्वाधिक रुचाइएको