विद्यालयको वार्षिकोत्सवमा सम्मान

– आधुनिक शिक्षा प्रवद्र्धनमा जोड
लोकखबर
२०८२ पुष ११, शुक्रबार २१:१४

बिदुर- आधुनिक शिक्षाको प्रवद्र्धनमा जोड दिनु पर्ने नुवाकोटको तारुकाको एक विद्यालयको कार्यक्रममा जोड दिइएको छ । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मानित गरिएको छ ।

तारकेश्वर गापा २ मा रहेको श्रीकृष्ण माविको ६५औ बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व सांसद तथा शिक्षाप्रेमी नारायणप्रसाद खतिवडाले स्वरोजगारमुखी शिक्षाको अवलम्वन गर्नु पर्ने अवस्था आएको वताए ।

कार्यक्रममा विद्यालयका लागि विभिन्न क्षेत्रवाट सहयोग गर्नेहरुलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरिएको छ । पूर्व प्रअ माधव अधिकारी, शिक्षकहरु कल्पना बोगटी, सुभाषकुमार पाठक, गोविन्दप्रसाद अधिकारी, मन्जु प्रधान, शान्ता ढुङ्गेल, कविता वस्नेत, माया अधिकारी तथा अक्षयकोष स्थापनाकर्ता तुलसीनारायण खमु श्रेष्ठ र रामहरी अधिकारी साथै विद्यालयलाई सहयोग गर्ने सहयोगी सस्थाहरु रोटरी क्लवका विभिन्न च्याप्टरहरु पनि सम्मानित भएका छन् ।

कार्यक्रममा पुर्व सांसद खतिवडाका साथै तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरल, विद्यालयका अध्यक्ष समरबहादुर आलेमगर, वडाध्यक्ष शिवप्रसाद पनेरु, सुर्यमान श्रेष्ठलगायतले दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरि सम्मानित गरेका हुन् । कार्यक्रमा प्रधानाध्यापक जनकमान प्रधानबाट गत आब २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत तथा शैक्षिक भौतिक प्रतिवेदनका साथै आगामी कार्ययोजना प्रस्तुत गरिएको कार्यक्रममा वार्षिकोत्सबको अवसरमा सन्चालित खेलकुद र अतिरिक्त कृयाकलापका विजेता विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।


सर्वाधिक रुचाइएको