प्रहरीले नियन्त्रणमा लियो कोरेक्स सहित तीन जना

लोकखबर
२९ पुष २०७५, आईतवार १२:४६

मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध कोरेक्स सहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आइतबार हेटौंडा १० मा ट्याङ्करमा लुकाई राखेको अवस्थामा २ वटा बोतलमा दुई लिटर कोरेक्स सहित इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का २४ वर्षिय अरुण तामाङ, १५ वर्षिय सुवास तामाङ र १५ वर्षिय विजय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक मधु कुमार थापाको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ३ ख ४२०९ नम्बरको ट्याङकरलाई चेकजाँच गरेको थियो । पक्राउ परेका तीन जनामाथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाइएको छ । पक्राउ परेका उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*