यस कारण चालकलाई सुरक्षा अनुशिक्षण

मकवानपुर । पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनिकरणका लागि मकवानपुरमा चालकलाई अनुशिक्षण प्रदान गरिएको छ । सामुदायिक प्रहरी साझेदारिता कार्यक्रम अन्तर्गत यातायात चालकका लागि स्वास्थ्य परिक्षण सहित सुरक्षा अनुशिक्षण प्रदान गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय मकवानपुरको आयोजनामा दुर्घटना न्युनिकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण र अनुशिक्षण कार्यक्रम गरिएको जनाइएको छ ।
प्रदेश ट्राफिक कार्यालय रामनगर, चितवन, हेटौडा अस्पतालका स्वास्थ्यकर्मी, यातायात सेवा केन्द्र हेटौडाका मेकानिकल इन्जिनियर व्यावसायीहरु संगको सहकार्यमा कार्यक्रम भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख विरेन्द्र कुमार ठाकुरले जानकारी दिए। अनुशिक्षणमा १ सय ५० जनाको सहभागिता थियो ।