बिद्यालयमा वस खरिदका लागि सहयोग

– पुर्व विद्यार्थीद्वारा नगद संकलन
लोकखबर
२०८२ पुष २०, आईतवार २२:४२

बिदुर– नुवाकोटको थानापतिस्थित एक सामुदायिक विद्यालयमा बस खरिदका लागि पुर्व विद्यार्थीहरुले आर्थिक संकलन गरेका छन् । शिवपुरी गापा ८ थानापतिमा रहेको जनज्ञान निकेतन माविमा विद्यालय बस खरिदका लागि पुर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन् ।

पूर्वविद्यार्थी समाजका अध्यक्ष भरतप्रसाद पाठक तथा पशुपति पाण्डेले एक, एक लाख सहयोग प्रदान गरेका छन् । विद्यालयका अनुसार विद्यालयका अध्यक्ष हरिप्रसाद सिटौलाले ५० हजार र प्रअ लामिछानेले २५ हजार सहयोग गरेका हुन् ।

व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सिटौलासहित विद्यालयलाई आवश्यक भौतिक विकास तथा यातायात सेवा सञ्चालनार्थ जनज्ञान पूर्व विद्यार्थी समाजबाट तीन लाख ६३ हजार तीन सय २५ रुपैया प्राप्त भएको प्रधाननध्यापक अर्जुनप्रसाद लामिछाने जानकारी दिए । उक्त विद्यालयमा अध्ययनका लागि टाढाबाट विद्यार्थीहरु आउने गरेकाले यातायातको आवश्यकता रहेको कारण विद्यालयले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेको थियो ।

विद्यालयका अध्यक्ष सिटौलाले हाल विद्यालयले बस भाडामा लिएर काम चलाउँदै आएको छ । यद्यपि, उक्त बसको खर्च धान्न विद्यालयलाई निकै गाह्रो भएको अध्यक्ष सिटौलाको भनाई छ ।

विद्यालयमा वस खरिदका लागि एक भेलामार्फत पुर्व विद्यार्थीहरु भरतप्रसाद पाठकले एक लाख, पशुपति पाण्डेले एक लाख, हरिप्रसाद सिटौलाले ५० हजार, अर्जुनप्रसाद लामिछानले २५ हजार, उमा गौतमले ५५ हजार पाँच सय ५५, राजेन्द्र पाण्डेले पाँच हजार पाँच सय ५५, केदार थपलियाले पाँच हजार पाँच सय ५०, रविनप्रसाद थपलियाले पाँच हजार पाँचसय ५५, राधा पाण्डले पाँच हजार पाँचसय ५५, संगीता थापाले पाँच हजार पाँच सय ५५ र मधु पाण्डेले पांचहजार रुपैया उपलव्ध गराएका हुन् ।


सर्वाधिक रुचाइएको