मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम
बिदुर– मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि नुवाकोटको पुर्वी भेगमा रहेको मदानपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सन्चालन गरिएको छ । कार्यक्रममा आत्महत्या रोकथाम सम्वन्धि सचेतनासमेत प्रदान गरिएको छ ।

बेलकोटगढी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बेलकोटगढी–१३ मदानपुरमा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथामसम्बन्धी स्वास्थ्य तथा मानसिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागी सरोकारवालाहरुलाई सवल र वलियो मानसिक स्वास्थ्यवाटै मानव जीवन सफल हुने जानकारी दिइएको छ ।

बेलकोटगढी १३ का वडाध्यक्ष नवराज पाण्डेले ग्रामीणवासीको स्वास्थय सचेतनाका लागि उक्त कार्यक्रम महत्वपुर्ण रहेको र यसले स्वास्थ्य जनचेतना प्रदान गरेको वताए । कार्यक्रममा बेलकोटगढी नपा कार्यपालिका सदस्य सीताराम विक, वडासदस्य अमरसिंह लामा, विभिन्न विद्यालयका प्रअ, शिक्षक, विद्यार्थी, अभिभावक, स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुलाई बेलकोटगढी नपाकी जनस्वास्थ्य अधिकृत गरिमा जोशीलगायतका स्वास्थ्यकर्मीहरूले मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धि विषयमा विभिन्न सचेतनामुलक प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वास्थय सचेतनासंग सम्वन्धित विषयमा अन्र्तक्रियासमेत गरिएको छ ।















































