मोतियाविन्दुको शल्यक्रिया शिविर सन्चालन
बिदुर-नुवाकोटको कोलोनीमा आंखाको मोतियाविन्दुको वृहत शल्यक्रिया शिविर सन्चालन गरिएको छ । आंखाका विरामीहरुलाई सुविधा पुगेको छ ।

विदुर नगरपालिकाको सहकार्यमा लायन्स क्लब नुवाकोट त्रिशूली, लायन्स क्लब नुवाकोट दरबार र लायन्स क्लब बाघटार कोलनीले शिविरको आयोजना गरेका हुन् । मोतियाविन्दु शल्यक्रिया शिविरमा विपि कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको प्राविधिक सहयोग रहेको छ ।

शिविरमा डा. संगीता सिटौला र डा. गुल्सनवहादुर श्रेष्ठसहित १२ जनाको स्वास्थ्य टोलीले आंखाा विरामीहरुको मोतियान्दिुको शल्यक्रिया गरिरहेको छ । शिविरको पहिलो दिन ४५ जनाको मोतियान्दिुको शल्यक्रिया गर्नुक साथै शिविरमा एकसय ५० जनाको मोतियान्दिुको शल्यक्रिया गर्ने लक्ष्य रहेको आयोजक समितिका श्रीकृष्ण रिजालले जानकारी दिए ।

यसअघि, लायन्स आँखा उपचार केन्द्र, बाघटार कोलनीमा सन्चालित उक्त निःशुल्क आँखा उपचार शिविरको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले आंखाको प्रभावकारी रुपमा स्याहार र उपचार जरुरी रहेको वताए ।

यसअघि, विभिन्न १० स्थानमा गरिएको आंखाको परिक्षण शिविरवाट एकहजार दुई ५० जना बिरामीको आँखा परिक्षण गरिएकोमा एकसय ३५ जनामा मोतियाबिन्दु देखिएकाले उनीहरूलाई निःशुल्क शल्यक्रिया सेवा उपलव्ध गराइएको आयोजकले जनाएको छ । शिविरमा शल्यक्रिया र आंखा परिक्षणसहितको सेवा सन्चालन गरिएको छ ।



















































