कमल थापालाई आङ्काजी शेर्पाको यस्तो चेतावनी

लोकखबर
४ माघ २०७५, शुक्रबार १३:४५

मकवानपुर । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा अध्यक्ष कमल थापालाई संघीयता र धर्म निरपेक्षता विरुद्द नबोल्न चेतावनी दिएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाको गृह जिल्ला मकवानपुरमा शेर्पाले यस्तो चेतावनी दिए ।
शेर्पाले थापालाई पूर्व राजा ज्ञानेन्द्र शाहसंग रकम खाएको समेत आरोप लगाए। ‘ज्ञानेन्द्र शाहबाट रकम ल्याएर धर्म निरपेक्षता र संघीयताविरुद्ध नबोल्नु’ शेर्पाले चेतावनी दिए । नेवा ताम्सालिङ समन्वय समितिले मकवानपुरको हेटौंडामा आयोजना गरेको दबाब कार्यक्रममा शेर्पा बोल्दै थिए । उनले यस्तो गरिरहे घरमै गएर गिरफ्तार गर्नेसम्म भने ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*