पन्चकन्या मन्दिरको पुर्ननिर्माण सुरु
बिदुर– नुवाकोटको प्रसिद्ध पञ्चकन्या मन्दिर पुर्ननिर्माण सुरु गरिएको छ । यसवाट सम्पदाको संरक्षणका साथै धार्मिक पर्यटनमा वढोत्तरी हुने अपेक्षा गरिएको छ ।
विदुर नगरपालिका–८ मा रहेको पञ्चकन्या माताको मन्दिर परिसरमा संरचनाको पुर्ननिर्माण सुरु गरिएको विदुर नपाले जनाएको छ । मन्दिरको पूर्वतर्फ भूकम्पका कारण क्षति हुन गएको मन्दिरको संरचनाको पुनर्निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष कमल श्रेष्ठको भनाई छ ।

मन्दिरको संरचना पुर्ननिर्माणका लागि बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयबाट नौ लाख रुपैयाँ बजेट विनियोजन भई अष्टमातृका मूर्ति स्थापनार्थ मन्दिर पुर्ननिर्माण गर्ने कार्य अगाडि बढाइएको छ । यद्यपि, विनियोजित बजेटले मन्दिर पुर्ननिर्माण कार्य पुरा गर्न रकम अपुग हुने भएकाले यसका लागि विदुर नपालेसमेत सहयोग गर्ने जनाएको छ ।
नुवाकोटको धार्मिक सम्पदाका साथै प्रसिद्ध, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको पन्चकन्या मन्दिरको पुनर्निर्माणमा सबैको सहयोग र सद्भाव अपेक्षा गरिएको विदुर नपाकाख मेयर राजन श्रेष्ठको भनाई छ । सरोकारवाला, तीर्थालुहरु, दाताहरुलाई मन्दिरका लागि आर्थिक तथा भौतिक सहयोगका लागि मन्दिर निर्माण समितिले अपिलसमेत गरेको छ ।













































