ट्राफीक व्यवस्थापनमा जनप्रतिनिधीको ध्यान खोई ?
हेटौंडा बजारको ट्राफीक अस्तव्यस्तताका विषयमा जति बोले पनि कम हुन्छ । बोलेर पनि अब केही नहुने भएको छ । मकवानपुरका सञ्चारमाध्यमले हेटौंडाको ट्राफीक अस्तव्यस्तताका विषयमा धेरै पटक आवाज उठाएका छन् । तर किन त यसलाई व्यवस्थापन गर्नेतर्फ कसैको ध्यान नगएको त ? अझ चाडपर्वका बेलामा त यति अस्तव्यस्त हुन्छ की भीडमा हराएला झैं लाग्छ ।
मान्छे,गाडी, विक्रीका लागि सडक छेउमै राखिएका सामान सबै एकै ठाउँमा देखिन्छ । यसले नागरिकलाई प्रत्यक्ष असर गरेको छ भन्ने कुरामा ध्यान दिने कोही छैेनन् की के हो ? हेटौंडामा अहिले ट्राफीक व्यवस्थाप गर्न किन सकिएको छैन ? यसको जवाफ सम्बन्धित निकायले दिनुपर्छ । नत पार्किङ् को उचित प्रबन्ध छ, नत फुटपाथमा राखिएको पसल हटाउँन नै सम्बन्धित पक्षले सक्छ । पछिल्लो समय हेटौंडाको ट्राफीक अस्तव्यस्त बनाउँने काम विद्युतीय रिक्सा तथा अटोले गरेका हुन् । यो विषयमा पनि मिडियामा धेरै पटक आइसकेको छ । तर यसको व्यवस्थापनमा पनि कोही लागेको पाइदैन । जथाभावी मनलाग्दी रुपमा भइरहेको ट्राफीक समस्यालाई समाधान गर्नका लागि अब कसकसले विचार पुर्याउनुपर्ने हो सो विषयमा पक्कै पनि गम्भीरता हुनैपर्छ ।
हेटौंडा बजारलाई व्यवस्थित बनाउँने काममा जनप्रतिनिधीहरुले पनि अब ध्यान दिनु आवश्यक छ । हामीले नै हो हाम्रा चाहाना अनि भावानाको सम्बोधन होला भनेर चुनावमा भोट हालेर जिताएर पठाएको अहिले उहाँहरुको ध्यान कता छ ? यक पटक यतातिर ध्यान दिनुपर्यो।
सावित्री देवकोटा, हेटौंडा