विनायकको साधारण सभा

– खरानीटारका लामिछानेलाई अध्यक्षको जिम्मा
लोकखबर
२०८२ पुष २८, सोमबार २१:५७

बिदुर-बिनायक अस्पताल प्रालिको २९ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयां कार्यसमिति चयन गरेको छ ।

बिनायक अस्पताल तथा प्रसुति गृह प्रालीको २९ औं साधारण सभाले आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा खरानीटारका युवा केपी लामिछानेलाई चुनेको छ । लामिछानेसहित ७ जना संचालक सदस्य र ५ जना सल्लाहकार सदस्य रहेको समिति सर्वसम्मत रुपमा चयन भएका छन् ।

साधारण सभामा अस्पतालका ५ जना उत्कृष्ट कर्मचारी र एकजना समाजसेवी खड्कबहादुर गुुरुङलाई सम्मान गरिएको छ । निर्बाचित संचालक समितिमा मेडिकल निर्देशकमा डा उषा श्रेष्ठखाँड तथा खगेन्द्रप्रसाद अधिकारी, तुलसीबहादुर श्रीखण्ड श्रेष्ठ, गोबिन्दप्रसाद ज्ञवाली, डा बिधाननिधि पौडेल र पशुपति लामिछानेलाई चयन गरेको छ ।

यसका साथै सल्लाहकार समितिमा प्रकाश श्रेष्ठ, उमाकुमारी ढकाल, ऋतु अधिकारीखनाल, अच्युत लामिछाने र हरि लामिछानेलाई चयन गरेको छ । उक्त अस्पतालमा छिट्टै विशेष सेवाहरु सन्चालन गरिने नवनिर्वाचित सन्चालक समितिका अध्यक्ष केपी लामिछानेले वताए ।


सर्वाधिक रुचाइएको