शिक्षक तथा स्वास्थ्यकर्मीलाई सचेतना
बिदुर– क्षयरोग नियन्त्रणका लागि सक्रियताका लागि नुवाकोटको एक विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई सचेतना प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरुमा क्षयरोग न्युनीकरणका कार्यहरु प्दान गर्न सहज हुने अपेक्षा गरिएको छ ।

विदुर नपा ५ पिललटारस्थित चन्द्रज्योती माविमा नेपाल क्षयरोग निवारण सस्थाको आयोजनामा शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई क्षयरोग नियन्त्रण सम्वन्धि सचेतना प्रदान गरिएको हो । यसअघि उक्त कार्यक्रमको उद्घाटन गर्दै विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपानेले क्षयरोगका न्युनीकरणका लागि शिक्षक तथा विद्यार्थीहरुलाई सहज हुने वताए ।

कार्यक्रममा स्वास्थयकर्मी गरिमा जोशी, सस्थाका तर्फबाट अध्यक्ष निरनमान डङ्गोल, शर्मिला थापालगायतले सहभागी शिक्षक तथा स्वास्थ्यकर्मीहरुलाई क्षयरोग सम्बन्धि जानकारी गराएका छन् । कार्यक्रममा विद्यालयका अध्यक्ष छत्रराज डंगोल, प्रधानाध्यापक वासुदेव पनेरु, शिक्षकसहित फार्मसिस्टहरुको सहभागिता रहेको थियो ।













































