सन्दर्भ : सहिद दिवस, सहिद को हुन् ?

देवीप्रसाद गौतम
१६ माघ २०७५, बुधबार ००:३२

शहिद दिवस भन्नाले के बुझीन्छ ? के लाई शहिद भन्ने ? प्राणी भन्ने वित्तिकै जिवित भन्ने बुझिन्छ। जिवित प्राणी मध्ये मानिसले अरुको मुक्तिको लागि आफ्नो ज्यान गुमायो भने त्यसलाई शहिद भन्ने गरिएको हुनपर्छ । कतिले मुक्ती भनेको के हो ? भन्ने समेत नबुझेको हुन सक्छ। यहाँ शहिदको अपमान भयो भन्ने पनि धेरै छन् । को शहिद हो ? को होइन भन्ने जिज्ञासा समेत व्याप्त छ । पहिलो शहिद को भन्ने पनि छ। अहिलेसम्म भन्ने हो भने अन्तिम (आजसम्म) शहिद को ? भन्ने पनि हुन सक्छ । यसको कुनै हिसाव किताव राखिएको पाईदैन । अर्थात व्याख्या भएको छैन।अहिले नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहको चर्चा शिखरमा पुगेको छ । उनलाई के भन्ने भनेर चेतना भएका मानिसले आआफ्ना धारण राखेको पाईन्छ । कोहीले भन्छन् पृथ्वीनारायण शाह एकताका प्रतिक हुन् । कतिले भन्ने गर्छन् यिनी सामन्त हुन्। यिनले अरुको राज्य मासि दिए । अर्थात कब्जा गरे भन्ने छ । हाम्रो भेषभुषा भाषा संस्कृति समाप्त भयो भन्ने तर्क गर्ने गरिएको छ । नेपाल एकीकरण गर्दा कति शहिद हुनु भयो । तिनले कसका लागि ज्यान अर्पण गरे । के का लागि गरे। विभिन्न टुक्रा राज्यलाई धम्क्याएर, आक्रमण गरेर, फकाएर, मित लगाएर पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गरेको प्रष्ट छ । पृथ्वीनारायण शाहको कसरी उदय भयो भन्ने ईतिहास छुट्टै छ ।

त्यसअघि यस नेपाल भूगोलमा कसको राज्य थियो ? तिनीहरुको पुर्खाको विकास हेर्नुपर्ने हुन्छ । नेपाल उत्पत्तिको छुट्टै ईतिहास होला । यहाँ बसोवास गर्ने मानिस कताबाट यहाँ आए भन्ने पनि छ । कोही यहि माटो भित्रबाट उत्पत्ति भएको हुँ भन्ने पनि छन् । गौतम बुद्धको जन्मभूमि कपिलाकोटको छुट्टै इतिहास रहेको पाईन्छ । त्यतिबेला पनि कोही सहिद भयो होला । ईतिहासको कालखण्डमा अनेक मानिस शहिद भएको हुनपर्छ । नेपाल एकीकरण पूर्व र यताको सहिदको बारेमा चर्चा हुनुपर्छ । यताकोलाई मान्ने र उताकोलाई नमान्ने हो कि ? भन्ने पनि हुन्छ । वैदेशिक शासकविरुद्ध लड्ने नेपाली मरेका छन् ति सच्चा शहिद हुन् । लखन थापा पहिलो शहिद भनिएको छ । राणा विरुद्ध संघर्ष गरेकोले सन् १९३३ मा गोरखा मनकामना मन्दिर परिसरमा झुण्डाएर मारेको पाईन्छ । उनी पहिलो हो कि होइनन् ? भन्ने प्रश्न गर्ने ठाउँ छ किनकी उनी भन्दा अघि पनि सहिद भएको हुनसक्छ ।

नेपाल एकीकरण गर्दा वैदेशिक सेना, शाकससँग लड्ने भीमसेन थापा, भक्ती थापा जस्ता व्यक्ति पनि छन् । आन्तरिक शासकसँग संघर्ष गर्ने गंगालाल, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री जस्ता व्यक्तित्वले आफ्नो ज्यान अर्पण गर्नु भएको छ । त्यसयता विभिन्न समयमा अधिकारको लागि संघर्ष गर्दा ज्यान गुमाउनु भएका व्यक्तित्व पनि हुनुहुन्छ । चाहे प्रजातन्त्रको लागि होस् चाहे गणतन्त्रको लागि होस् । २०५२ फागुण १ देखि देशमा भएको सशस्त्र संघर्षका बेलामा पनि राज्य विरुद्ध संघर्ष गर्ने मुक्ति सेना र नागरिक तर्फका मानिस मरेका छन् । पुरानो शासनको रक्षार्थ लागेका सेना, प्रहरी, कर्मचारी, शिक्षक, पार्टीका कार्यकर्ता समेत मरेका छन् । कोही आन्दोलन भएको ठाउँमा हेर्न जाँदा मृत्यु भएका छन् । कोही लुगा धुन लागेको बेलामा गोली लागेर मरेका छन् । कोही तरकारी किन्न गएका बेलामा गोली लागेको छ। तिनलाई पनि सहिद भनिएको छ । जंगबहादुर राणाले आफ्नो मामा माथवरसिं थापाको हत्या गरेका छन् । कति पर्वको नाममा हत्या भएका छन्। तिनलाई के भन्ने ? यता जंगबहादुरलाई आफ्नै सिपाहीले हत्या गरेका छन् । जंगबहादुरका छोराहरु सखाप भएका छन् । जंगबहादुरले पनि काठमाडौ आसपासका आफू विरुद्धका मानिसको कत्लेआम गरेका छन् । अन्तमा राजा विरेन्द्रको वंश नास गरिएको छ । पार्टीका कार्यकर्ताको ज्यान गएको छ त्यसलाई के भन्ने ?

ईत्यादी घटनामा मृत्यु हुने सबैलाई शहिद भन्ने कि न भन्ने ? यहाँ त्याग गर्ने जिउँदो मानिसलाई समेत जिउँदो शहिद भन्ने गरिएको छ । त्यसलाई शहिद भन्ने कि नभन्ने ? यहाँ आफ्नो लागि संघर्ष गर्दा मरेको मानिसलाई समेत शहिद भनि राज्यले क्षतिपुर्ति दिएको छ । के त्यो शहिद हो त ? सरकार सञ्चालकहरुले सहिदको कसरी व्याख्या गरेको छ । तिनीहरुको रेकर्ड कसरी राखेको छ ? स्पष्ट पार्नुपर्ने हो । कति सहिद हुनेको नाम समेत नहुन सक्छ । गुमनाम हुन सक्छ । पार्टीहरुले आफ्नो आफ्नो नेतृत्वमा भएका संघर्षहरुमा मृत्यु भएकाहरुलाई सहिद भनेका छन् ।

लखन थापाको जन्म गोर्खा बुङकोट–४ काहुले भङगारमा वि.स.१८९१ (सन् १८३४) मा भएको पाईन्छ । लखन थापा वि.स.१९११ मा पुरानो गोरखगणमा भर्ति भएको पाईन्छ । प्रजातन्त्र ल्याउन, जंगबहादुर विरुद्ध उनले अंगे्रजसँग नतमस्तक बनेको, हुकुमी शासन चलाएको, मुलुकी ऐनबाट आदिवासी जनजातीको सामाजिक स्तर खस्काएको लगायतका कारण विद्रोह गरेकोले उनको हत्या गरिएको ईतिहास छ । सो संघर्षमा लखन थापा, जयसिंह चुमि(राना), अछामी मगर र अन्य चार जना समेत मारिएको ईतिहास छ ।

ईत्यादी घटनामा मृत्यु हुने सबैलाई शहिद भन्ने कि न भन्ने ? यहाँ त्याग गर्ने जिउँदो मानिसलाई समेत जिउँदो शहिद भन्ने गरिएको छ । त्यसलाई शहिद भन्ने कि नभन्ने ? यहाँ आफ्नो लागि संघर्ष गर्दा मरेको मानिसलाई समेत शहिद भनि राज्यले क्षतिपुर्ति दिएको छ । के त्यो शहिद हो त ?

देश र जनताका पक्षमा कतिले आफ्नो ज्यान, धन, सम्पत्ति, परिवार समेत गुमाएका छन् । वेघरवार भएका छन् । तर तिनको हिसाव किताब कसैले गरेका छैनन् । यहाँ आफनो पत्नी, छोरा,छोरी,साली,साला भएसम्म मितको समेत राम्रो व्यवस्था गरिएको छ । जनताले त्यो महसुस गरिरहेका छन् । जति परिवर्तन भनिएपनि जनताको ईच्छा पूरा कसैले गर्न सकेको पाईदैन र जनता सन्तुष्ट पनि छैनन् । सरकार सञ्चालक, राज्यको ओहदामा पुग्नेले राष्ट्रको ढुकुटीबाट चाहे जति खर्च लिएको छ । सांसदको पिए देखि अन्य सुविधा सबै लिएको कुरा पत्रपत्रिकामा छापिएको छ । भ्रष्टाचारको सिमा नाघेको कुरा आई रहेको छ । तर कन्ट्रोल भएको छैन । मन्त्रीहरु भन्दैछन् प्वालै प्वाल छ यसको अर्थ के ? कन्ट्रोल गर्न सकिदैन भने भन्नुपर्याे जनतालाई । विभिन्न संयन्त्रहरु छन् तर खै रोखिएको छैन । ति के हेरेर बसेका छन् । ति राज्य संयन्त्रमा बस्ने कर्मचारी, नेता, मन्त्री, प्रतिनिधि समेतले आफूलाई चाहिने खर्च राज्य ढुकुटीबाट लिएको छैन ? ढुकुटीबाट खर्च लिएपछि राज्यको निम्ति काम गर्नु पर्ने हैन र ? सुन काण्ड खै ? निर्मला बैनी जस्ताको मुद्दा खै ? विमान खरिदको कुरा के भएको हो ? सेन्डीकेट के भो ? काम नगरेर रकम लिने ठेकदारको काम कारवाही कता गयो ? के सहिदले देखाएको बाटो यहि हो त ? यहि हेर्नको लागि शहिद र सच्चा जनताले संघर्षमा भाग लिएर ज्यान आहुति दिएका हुन् त ? ति शहिदका सपना कहिले पूरा हुन्छन् ? कि नेताको मात्र सपनाको लागि लडेको थिए ? नेताको सपना पूरा भएपछि सहिदको सपना पूरा हुने हो त ?

जे होस् यत्ति भन्न सकिन्छ जसले अरुको हक, अधिकारका लागि ज्यान आहुति गर्यो, देशको लागि ज्यान अर्पण गर्न तयार भयो र ज्यान गुमायो त्यसलाई मात्र सहिद भन्नुपर्ने हो । कसैले आफ्नो लागि मात्र ज्यान अर्पण गर्छ त्यो आम शहिद हुन सक्दैन । शहिद दिवसको सम्झनामा ति शहिदको सपना, जनताको सपना पूरा होस्, देशका जनता सुखी हुन् । देश समृद्ध बनोस् भन्ने कामना गरिएको छ ।
               लेखक गौतम, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसन मकवानपुर हेटौडामा आबद्द छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*