वृद्धवृद्धाहरुको स्वास्थ्य परिक्षण
बिदुर– नुवाकोटको देवीघाटस्थित वृद्धाश्रममा रहेको वृद्ध बाआमाहरुको स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुको स्वास्थय पहिचान गरि आवस्यक औषधिसमेत प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, २८ औँ भूकम्प सुरक्षा दिवस २०८२ को मुख्य आयोजनामा विदुर नगरपालिका ५ देवीघाटस्थित देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा शुक्रवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा वृद्ध बाआमाहरुको स्वास्थय परिक्षण गरि आवस्यक औषधि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले जानकार दिए । उनका अनुसार आवस्यक औषधिसमेत निःशुल्क प्रदान गरिएको छ ।

देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित ३९ जना वृद्ध बाआमाहरूलाई स्वास्थ्य परीक्षण गरि आवस्यक औषधि वितरण गरिएको हो । यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ शुम्भुप्रसाद रेग्मीले भूकम्पबाट वच्न सकिने उपाय, यसको न्युन क्षतिकोे सन्देश प्रदान गरे ।

कार्यक्रममा त्रिशूली अस्पतालका प्रम्ुख डा. राजेन्द्र लामासहतिको स्वास्थय टोलीले स्वास्थय परिक्षण गरेको हो । शिविरमा त्रिशूली अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकाट, रेडक्रसलगायतको सहकार्य रहेको थियो ।























































