विद्यार्थीसहित दुई सयलाई झोला प्रदान
बिदुर– शैक्षिक जागरणमा मद्धत पु¥याउने उद्धेश्यले नुवाकोटको शिवपुरीको एक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिलाईसमेत गरि दुईसय थान झोला प्रदान गरिएको हो ।

शिवपुरी गाउंपालिका –३ काउलेमा रहेको महेन्द्र माविमा अध्ययनरत एकसय ६० जना विद्यार्थी तथा शिक्षक र विद्यालयका समिति २० जनासमेत गरि कुल एकसय ८५ जनालाई विद्यालयमा आयोजित कार्यक्रममा एक/एक थान झोला हस्तान्तरण गरिएको हो । शिक्षाप्रेमी तथा सामाजिक अगुवा शुसीलकुमार खड्काको व्यक्तिगत सहयोगमा विद्यार्थी तथा शिक्षकहरुलाई झोला वितरण गरिएको हो ।

उनले विद्यार्थीहरुमा शैक्षिक उत्साहका लागि आफुले् सानो सहयोग गरेको र यसलाई निरन्तरता दिइने वताए । कार्यक्रमकावीच नेकपा एमाले नुवाकोट क्षेत्र नँ१ का अध्यक्षसमेत रहेको खड्का, सोही वडाका वडाध्यक्ष नाति तामाङ, एमाले शिवपुरी गापा अध्यक्ष कमल तामाङ (टाईगर), उपसचिव लक्ष्मण तामाङ, वडा कमिटी अध्यक्ष रामहरी थापा, उपाध्यक्ष सुवर्र्ण खतिवडा, प्रदीप पाण्डेलगायतले विद्यालय पुगेर विद्यार्थी तथा शिक्षकहरुलाई झोला हस्तान्तरण गरेका हुन् ।

शिक्षाप्रेमी खड्काले एकसय ८५ जनालाई न्यानोमा लगाउने मोजासमेत प्रदान गरिने प्रतिवद्धता जनाए । उनले शिक्षामा आधुनिकता, व्यवहारिकता र प्रविधिमैत्री आवस्यकता रहेको वताए ।



























































