नवौं नुवाकोट महोत्सव सुरु

– आर्थिक अवस्था सुदृढ हुदैः अध्यक्ष ढकाल
लोकखबर
२०८२ माघ ८, बिहीबार ०१:४०

बिदुर– कृषि, पर्यटन र व्यापार प्रवद्र्घनको उद्धेश्यले बिदुरमा नवौं नुवाकोट महोत्सव सुरु भएको छ । महोत्सवको वुधवार उद्घाटन भएको छ । यहि माघ ७ देखि १७ सम्म आयोजित नुवाकोट महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।

उनले पछिल्लो समय देशमा आर्थिक अवस्था सुदृढ हुदै गएको वताए । आर्थिक अवस्थामा क्रियाशील तथा चलायमान वनाउन महासंघले आफ्नो योजनाहरुलाई प्रभावकारी रुपमा अगाडि वढाइरहेको वताए । देशको अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले योगदान पु¥याइरहेकोसमेत उनले वताए ।

आर्थिक अवस्थालाई उचाइमा पु¥याउनका लागि यस प्रकारको महोत्सवले महत्वपुर्ण भुमिका खेल्ने वताउंदै अध्यक्ष ढकालले सरकारले निजी क्षेत्रका अवधारणहरुलाई सुनेर सहकार्य गर्नु पर्ने वताए । अध्यक्ष ढकालले देशमै युवाहरुलाई रोजगार दिने कार्यक्रम सरकार र निजी क्षेत्रवीच सहकार्य हुन आवस्यक रहेको वताए । कार्यक्रममा महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन र पहिचानमा मद्धत पुग्ने वताइन् ।

उनले देशको आर्थिक अवस्था पहिलेको भन्दा चलायमान भएको वताइन् । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवद्र्घन र व्यवसायिक चहलपहललाई थप मजबुद बनाउन आयोजना गरिएको नुवाकोट महोत्सवमा विभिन्न प्रकारका दुई सय वटा स्टलहरु रहेका छन् । खेल मेला तथा विभिन्न मनोरन्जनात्मक सामग्रीहरुसमेत राखिएका छन् ।

बिदुर नगरपालिका–४ स्थित बिदुरको विन्द्रलामार्गमा सन्चालित १० दिने महोत्सवमा एकला दर्शकहरुले अवलोकन गर्नुका साथै एक करोड रुपैया वरावरको कारोवार हुने आयोजक  आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले जिल्लाको कृषि, पर्यटन र व्यापारलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए ।  विदुर नपामा मेयर राजन श्रेष्ठले ‘महोत्सवले स्थानीय सामग्रीहरुको प्रदर्शन, प्रवद्र्धनका साथै नुवाकोटका किसान, उद्यमी र कलाकारलाई प्रत्यक्ष लाभ पुग्नेछ ।’

उनले अगाडि भने– ‘स्थानीय उत्पादनको पहिचान र बजारीकरणमा महोत्सवको मुख्य प्राथमिकता रहेका कारण यसलाई उत्पादन, वजारीकरण, प्रवद्र्धन र मनोरन्जनसंग मात्र जोड्नुपर्छ ।’ महोत्सव अवधिभर जिल्लामा व्यवसायिक गतिविधि बढ्नुका साथै होटेल, यातायात, कृषि बजार र साना व्यवसायमा उल्लेख्य चहलपहल आउने आयोजक संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीको भनाई छ । महोत्सवमा नुवाकोटका किसान तथा उत्पादकले तयार पारेका कृषि उपज, प्रशोधित खाद्य सामग्री र घरेलु हस्तकलाका उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीमा राखिएको संघका महासचिव उपेन्द्र वुढाथोकीले वताए ।

नुवाकोटका उत्पादनकर्तालाई स्टल निःशुल्क उपलब्ध गराइएको आयोजकले जनाएको छ । किसान तथा साना उद्यमीलाई कुनै अतिरिक्त शुल्क नतिरी आफ्ना उत्पादनको विक्रि वितरण र बजारीकरण गर्ने अवसर दिने विश्वास लिइएको छ । ‘महोत्सवले स्थानीय उत्पादनलाई बिचौलियाबिना उपभोक्तासम्म पु¥याउने अवसर दिनेछ’ प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले भने ।

उनले ‘यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सहयोग पुग्छ ।’ नुवाकोटको ऐतिहासिक, धार्मिक र प्राकृतिक पर्यटनलाई प्रवद्र्घन गर्न महोत्सवलाई प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिनिुपर्ने उद्घाटनका सहभागीहरुले वताए । महोत्सव स्थलमा नुवाकोटका प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा र ऐतिहासिक पहिचान झल्किने सामग्री प्रदर्शन गरिएकोे आयोजकले जनाएको छ ।

यसले आन्तरिक तथा बाह्य पर्यटकलाई नुवाकोट भ्रमणतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ । महोत्सवलाई सबै जातजाति, भाषा र संस्कृतिको साझा थलोका रूपमा विकास गर्न सांस्कृतिक झाँकी, मौलिक नृत्य, भेषभूषा र परम्परागत कलाका साथै स्थानीय र चर्चित राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती गरिनेछ । यसका साथै, जिल्लाका नवप्रतिभा कलाकारलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ ।

महोत्सवले नुवाकोटको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उपाध्यक्ष श्रेष्ठले बताए । स्थानीय व्यवसायी, होटेल व्यवसायी, यातायात सेवा प्रदायकदेखि साना व्यापारीसम्मलाई प्रत्यक्ष लाभ पुग्ने आयोजकको दाबी छ । दश दिनसम्म चल्ने महोत्सवले जिल्लाको आर्थिक गतिविधिलाई चलायमान बनाउने आयोजकले जनाएको छ ।

नुवाकोट उद्योग वाणिज्य संघका अनुसार नवौं नुवाकोट महोत्सव मनोरञ्जनात्मकका साथै  कृषि, पर्यटन र व्यापारको दिगो विकासका लागि एक महत्वपूर्ण मार्गका रूपमा स्थापित हुनेछ ।

 

 


सर्वाधिक रुचाइएको