लोकखबर प्रकाशन सुभारम्भ

लोकखबर
१६ माघ २०७५, बुधबार १९:४९

मकवानपुर । आजबाट लोकखबर डटकम अनलाइन पत्रिका शुभारम्भ गरिएको छ । मकवानपुरको हेटौंडाबाट मध्यस्थता मिडिया प्रालिले अनलाइन प्रकाशन आरम्भ गरेको हो । सहिद दिवसको सन्दर्भ पारेर अनलाइन सुरु गरिएको हो ।
मध्यस्थता साप्ताहिक पत्रिका प्रकाशन गर्दै आइरहेको मिडियाको प्रकाशनमा लोकखबरले आफ्नो यात्रा थालनी गरेको कम्पनिका अध्यक्ष तथा सम्पादक शिवप्रसाद चौलागाईंले जानकारी दिए । लोकखबरमा स्थानीय सार्वजनिक चासो, चिन्ता तथा सरोकारका सवाललाई प्राथमिकता दिएर पत्रकारिता गरिने सम्पादक चौलागाईंले बताए ।
अनलाइनमा सल्लाहकार सुशीलराज गिरी, विशेष संवाददाता कृष्णप्रसाद ढुङगाना, कला संवाददाता विक्रम भारती रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*