त्रिशूली अस्पतालको अंक वढ्यो
बिदुर- नुवाकोटसहित तीन जिल्लाका विरामीहरुको सेवा गर्दै आएको नुवाकोटको त्रिशूली अस्पतालको विभिन्न सूचकहरुमा अंक सुधानर भएको छ । अस्पतालले गत वर्ष भन्दा पांच प्रतिशत वढि अंक पाएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन तथा क्लिनकल अडिट मापन कार्यक्रममा उक्त अंक प्रापत भएको हो ।

त्रिशूली अस्पतालले हालै सम्पन्न न्युतम सेवागुणस्तर मापदण्डको मूल्याङ्कनमा एकसयमा ८६ प्रतिशत अंक प्राप्त गरेको छ । अघिल्लो मूल्याङ्कनमा अस्पतालको उपलब्धि ८१ प्रतिशत रहेको थियो । अस्पतालमा यसपटक ५ प्रतिशतले अंक सुधार भएको हो ।

नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका सर्वसाधारणको उपचार गर्दै आएको त्रिशूली अस्पतालमा हाल आकस्मिक र वहिरंग गरि दैनिक पांचसय जना विरामी आउने गरेका छन् । अस्पतालमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले सरोकारवाला सवैको सहयोृग र सद्भाववाट अस्पतालले अंकमा सुधार गरेको वताए । उनले अस्पताललाई अव विरामीहरु काठमाडौ जानु नपर्ने गरि थप व्यवस्थापन सुरु गरिएको वताए । कार्यक्रममा अस्पतालका निमित्त निर्देशक डा. राजेन्द्र लामाले अस्पतालमा सेवाग्राहीको विस्वास, समिति तथा कर्मचारीको सक्रियतामा सुधार भइरहेको दावी गरे ।

कार्यक्रममा मदन भण्डारी विज्ञान प्रतिष्ठानका निर्देशक रामचन्द्र सापकोटाले अस्पतालको सेवा प्रवाह, गुणस्तर सूचक र व्यवस्थापनसम्बन्धी प्रगतिको विवरण प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार, त्रिशूली अस्पतालले आपतकालीन सेवामा ८८ दशमलव ७३ प्रतिशत, बाह्य बिरामी सेवामा ८५ दशमलव ७१ प्रतिशत, र आईसीयू सेवामा ८४ दशमलव ८४ प्रतिशत अंक प्राप्त गरेको छ । त्रिशूली अस्पतालको भर्ना सेवा, शल्यक्रिया सेवा, प्याथोलोजी तथा रेडियोलोजी सेवामा पनि क्रमिक सुधार देखिएको छ ।

सुशासन तथा व्यवस्थापन सूचकमा अस्पतालले ९२ प्रतिशत अंक पाएको छ । विशेष गरी शासन प्रणालीमा ९६ प्रतिशत, संगठनात्मक व्यवस्थापन, वित्तीय व्यवस्थापन र मेडिकल रेकर्ड व्यवस्थापनमा शतप्रतिशत अंक प्राप्त भएको छ । त्रिशूली अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले कार्यक्रममा सेवा सुधारमा निकै सफल र उत्साहजनक रहेको बताए ।

उनले त्रिशूली अस्पताललाई नुवाकोटको मात्रै नभई नमूना अस्पताल बनाउने लक्ष्यसहित आवस्यक कार्य सुरु गरिएको पनि बताए । कार्यक्रममा अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले मापदण्ड मुल्यांकन स्कोरमा सुधार हुनु अस्पतालको सवै सामूहिक प्रयासको परिणाम भएको वताए । उनले उपचार सेवा गुणस्तर अझै प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे ।














































