आचारसंहिता अनुगमन अधिकृत तोकिए

– निर्वाचनसंग सम्वन्धित विविध कार्य सुरु
लोकखबर
२०८२ माघ १२, सोमबार २३:०५

बिदुर– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै नुवाकोटमा तोकिएका आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले कार्य सुरु गरेको छ । पहिलो चरणमा निर्वाचन आचारसंिहता सम्वन्धि छलफल गरेको छ । निर्वाचन आयोगले नुवाकोट र रसुवासहित ७७ जिल्लामा आचारसंहिता अनुगमन अधिकृत तोकेको हो ।

जसअन्र्तगत नुवाकोटमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई र रसुवामा सप्रजिअ द्रुवप्रसाद अधिकारीलाई तोकिएको छ । निर्वाचन आचारसंिहता अनुगमन अधिकृतको कार्यालयले सरोकारवाला पक्ष तथा दलका उम्मेदवार तथा प्रतिनिधिसंग अन्र्तक्रिया सुरु गरेको छ । आयोगले सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई चुनावी खर्च, लेखा विवरण, सम्पत्ति विवरण र घोषणापत्र जाँच्ने जिम्मा दिइएका छ । आयोगले ती अधिकृतहरूलाई आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्नेसमेत अधिकार दिएको जनाएको छ । अब आयोगसँगै जिल्ला तहबाट पनि सक्रिय अनुगमन हुने बताइएको छ ।

फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको हो । निर्वाचन, स्वच्छ, निष्पक्ष, मर्यादत, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचनसंग सम्वन्धित विभिन्न १४ वटा कार्यसहित तोकेको छ । निर्वाचनको तयारी आचारसंिहताको सवै पक्षले कार्यान्वयन गर्नु पर्ने प्रतिवद्धता जनाएका छन् ।


सर्वाधिक रुचाइएको