छात्राहरुलाई स्वास्थ्य सामग्री

– छात्राहरुलाई सुविधा
लोकखबर
२०८२ माघ १८, आईतवार २३:११

बिदुर– नुवाकोटको पिपलटारको एक विद्यालयमा अध्ययनरत छात्राहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । यसवाट छात्राहरुलाई सुविधा पुगेको छ ।

बिदुर ५ पिपलटार लामिवगैचास्थित चन्द्रज्योति माविको कक्षा ६, ७ र ८ मा अध्ययनरत ४८ जना छात्राहरुलाई एक सामाजिक महिलाले स्वास्थ्य सामग्रीहरु उपलव्ध गराएकी हुन् । विद्यालय नजिकै घर भई हाल अस्ट्रेलिया बस्दै आएकी तुलसा गौतमन्यौपानेले सो विद्यालयको मावि तहमा अध्ययनरत ४८ छात्राहरुलाई झोलासहितको आवश्यकिय स्वास्थ्य सामग्री उपलव्ध गराएसंगै छात्राहरुलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक वासुदेव पनेरुले जानकारी दिए ।


सर्वाधिक रुचाइएको