नसर्ने रोगहरुको पहिचान शिविर

– महिला तथा वृद्धवृद्धाहरु धेरै
लोकखबर
२०८२ माघ १८, आईतवार २३:४६

बिदुर– गाउंवासीको स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढीमा नसर्ने रोग स्क्रिनिङ तथा महिला स्वास्थ्य सचेतनासहित शिविर गरिएको छ । महिला तथा वृद्धवृद्धाहरुले शिविरमा लाभ लिएका थिए ।

बेलकोटगढी नगरपालिका स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा नसर्ने रोग सम्बन्धि स्क्रिनिङ शिविर तथा जनचेतना कार्यक्रम गरिएको हो । बेलकोटगढी नपा ५ स्थित थपदुईपिपल स्वास्थ्य चौकीमा उक्त शिविर सम्पन्न गरिएको हो ।

शिविरमा चिकित्सकसहित १३ जना स्वास्थ्यकर्मी रमहिलाहरूको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा विशेष सेवा तथा परामर्श सेवा प्रदान गरिएको बेलकोटगढी नपाका स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिए । उनका अनुसार स्तन क्यान्सर परिक्षण, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायत प्रजनन सम्बन्धि रोगहरूको परिक्षण तथा परामर्श दिइएको छ ।

३० वर्षमाथिका वृद्धवृद्धासहित दुईसय जनाको परिक्षण गरिएको साहले जानकारी दिए । उनका अनुसार बेलकोटगढी नगरबासी समुदायमा स्वास्थ्य सचेतना बढाउनुका साथै रोगको प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।


सर्वाधिक रुचाइएको