महिलाहरुका लागि स्वास्थ्य शिविर

– गाउंमा नसर्ने रोगहरुको पहिचान
लोकखबर
२०८२ माघ १९, सोमबार २३:५९

बिदुर– गाउंमा महिलाहरुका लागि नुवाकोटको दुइपीपलमा स्वास्थय शिविर गरिएको छ । विशेष गरि महिलाहरुको नसर्ने रोग सम्बन्धि स्क्रिनिंग तथा स्वास्थ्य शिविर गरिएको हो ।

बेलकोटगढी नगरपालिका स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा सन्चालित कार्यक्रमले समुदायमा नसर्ने रोगको समयमै पहिचान र रोकथाममा महत्वपूर्ण सहयोग पु¥याउने विश्वासका साथ बेलकोटगढी नपा ६ स्थित दुईपिपल स्वास्थ्य चौकीमा ३० वर्षभन्दा माथि उमेर समूहका महिलाहरूलाई लक्ष्यित गर्दै सोमवार नसर्ने रोग सम्बन्धि स्क्रिनिंग तथा महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा रक्तचाप मापन, मधुमेह परीक्षण, मिर्गौला रोग स्क्रिनिंग, तौल–उचाइका आधारमा विएमआई मापन, नसर्ने रोगका जोखिम तत्व (सुर्तीजन्य पदार्थ, मदिरा, अस्वस्थ्य खानपान, शारीरिक निष्क्रियता) नियन्त्रण र रोकथाम सम्बन्धि परामर्श सेवा प्रदान गरिएको थियो ।

महिलाहरूका लागि स्तन क्यान्सर परिक्षण, पाठेघरको मुखको क्यान्सर परिक्षण, आङ खस्ने समस्या, अब्स्ट्रेटिक फिस्टुलालगायत अन्य प्रजनन स्वास्थ्य समस्याको परामर्श तथा परिक्षण गरिएको थियो । शिविर कार्यक्रममा वेलकोटगढी नपाको स्वास्थ्य तथा सामाजिक शाखा र दुईपिपल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए ।

 

 

 


सर्वाधिक रुचाइएको