काङ्ग्रेसले आज हेटौंडा तताउने

लोकखबर
२१ माघ २०७५, सोमबार ०५:३४

मकवानपुर।नेपाली कांग्रेस मकवानपुरले आज हेटौंडामा दस हजार कार्यकर्ता सडकमा उतार्दै छ। सरकारको काम कारवाही वेठिक भएको भन्दै काङ्ग्रेस विरोधमा उत्रेको हो। सरकारको अधिनायकबादी चरित्र देखिएको भन्दै विरोधमा जानुपरेको काङ्ग्रेस मकवानपुरको दाबी छ ।

विरोधबारे पार्टी जिल्ला कार्यालय हेटौंडामा भएको पत्रकार सम्मेलनमा प्रवक्ता एवं जिल्ला सदस्य प्रदिप कोइरालाले हेटौँडाका ४ नाकाबाट र्यालीसहित प्रदर्शन गर्ने जानकारी दिएका थिए। हेटौंडाका विभिन्न चार नाकाबाट पार्टी नेता कार्यकर्ताले विरोध र्यालीमा सहभागिता जनाउने उनको भनाई छ। हेटौँडाको सानोपोखरा, भीमफेदी बसपार्क, जिल्ला प्रहरी कार्यालय चोक र फरेष्ट्री गेटबाट र्याली निस्कने जनाईएको छ। सिमाचोक र बुद्धचोकको बिच सडकमा हुने प्रर्दशनमा कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा संसदीय दलका सचेतक पुष्पा भुसाल प्रमुख वक्ता हुने जनाइएको छ ।

सरकारको अधिनायकवादी कार्यशैली, बढ्दो महंगी, असुरक्षा, भ्रष्टाचार लगायतका मुद्धामा विरोध प्रर्दशन गर्न लागेको कांग्रेसले जनाएको छ । डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारवाही गर्नुपर्ने, दोहोरो कर खारेज हुनुपर्ने, हेटौँडालाई प्रदेश राजधानी कायम गर्नुपर्ने, विकासमा पक्षपात बन्द हुनुपर्ने लगायतका माग रहेको कांग्रेस मकवानपुरले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*