युवा क्लवको साधारण सभा
– नयां नेतृत्व चयन
बिदुर– धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलमा रहेको नुवाकोट युवा क्लबको ४२औं वार्षिक साधारण सभा तथा १५औं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनले नयां नेतृत्व चयन गरेको छ ।
उक्त सभाले नयाँ कार्यसमिति निर्विरोध रूपमा सर्वसम्मत अनुमोदनसहित निर्वाचित गरेको हो । नव–निर्वाचित कार्यसमितिको अध्यक्षमा सुशन श्रेष्ठ चयन भए ।

उपाध्यक्षमा श्याम (रोबिन) डंगोल, सचिवमा अम्बिका श्रेष्ठ (डंगोल), सह–सचिवमा अनील डंगोल र कोषाध्यक्षमा अच्युतम आचार्य चयन भएका छन् । सदस्यहरूमा रामकुमार डंगोल, दिपु डंगोल, अस्मिना डंगोल, स्मृती डंगोल, सस्कार डंगोल र अबिरल डंगोल चयन भए ।












































