निर्वाचन सम्वन्धि संयुक्त सुरक्षा अभ्यास

– निर्वाचन लक्ष्यित कार्यक्रम
लोकखवर विशेष संवाददाता
२०८२ माघ २०, मंगलवार २२:३८

बिदुर– प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै जांदा नुवाकोटमा संयुक्त सुरक्षा अभ्यास गरिएको छ । निर्वाचन सुरक्षा सम्बन्धि छलफलसहित अभ्यास गरिएको हो ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै दल र दलहका उम्मेदवारहरु मत माग्नगाउं गाउं पुगिरहेका छन् ।

नुवाकोटका दुईवटै निर्वाचन क्षेत्रमा सबै संयन्त्र निर्वाचनमा केन्द्रीत भई आ–आफ्नो स्तरबाट गर्नुपर्ने पूर्वतयारी तदारुकताकासाथ गरिरहेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । निर्वाचनको विशेष तयारीको सिलसिलामा सदरमुकाम बिदुरमा जिल्ला सुरक्षा समिति नुवाकोटको समन्वय तथा नेपाली सेनाको शेर गण, श्रीडाँडा व्यारेक, नुवाकोटको आयोजनामा सबै सुरक्षा निकाहरुको सहभागितामा निर्वाचन सूरक्षा केन्द्रीत संयुक्त घटना अभ्यास सम्पन्न भएको छ ।

 

निर्वाचनका सबै चरणहरु जस्तैः मतदानपूर्व, मतदानको समय तथा मतदान पश्चातका सुरक्षा चुनौतीहरुको पूर्व–आङ्कलन गरेर वास्तविक घटनाको परिकल्पना गरी उपलव्ध स्रोत साधन र जनशक्तिको परिचालन गरी संयुक्त घटना अभ्यास सन्चालन गरिएको हो । स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न नुवाकोटमा कामकारवाही द्रुतगतिमा अगाडि बढाईरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।

यसै सिलसिलामा नेपाली सेनाको स्रोत साधन र परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षा निकायका सुरक्षाकर्मी तथा कर्मचारीहरुको सहभागितामा निर्वाचन सुरक्षा सम्बन्धि नमूना घटना अभ्यास गरिएको शेर गणका गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गानाले बताए । उक्त अभ्यासले निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात हुन सक्ने सुरक्षा चुनौति, संभावित घटना तथा परिस्थितिहरुमा संयुक्त सुरक्षा फौजको परिचालन, तीनवटै घेरामा रहने सुरक्षा फौजको आपसी समन्वय र सहकार्यमा स्थितिलाई नियन्त्रणमा लिने कला लगायतका विषयमा समेत ज्ञान हासिल भएकोले उच्च मनोवलका साथ कार्यक्षेत्रमा खटिन सुरक्षाकर्मीलाई थप हौसला पुगेको उनले बताए ।

यस प्रकारको नमूना घटना अभ्यासले सुरक्षाकर्मीको ज्ञान, सीप र अवधारणामा सकारात्मक परिवर्तन आई कार्यक्षमतामा पुनर्ताजगी ल्याउने भएकोले व्यक्तिको पेशागत क्षमता विकासको लागि तालीमको भूमिका प्राथमिक हुने सहायक प्र्रजिअ कृष्णप्रसाद हुमागाईले बताए । निर्वाचन मर्यादित, अनुशासित र सुरक्षित वातावरणमा सम्पन्न गराउन नागरिक माझमा राज्यको उपस्थितिको अनुभूति गराउन सुरक्षाकर्मी उच्च मनोवलका साथ खटिने विश्वास लिइएको उनले बताए ।

उक्त घटना अभ्यासको अवलोकनका लागि नुवाकोटका सहायक प्रजिअ कृष्णप्रसाद हुमागाई, शेर गणका गणपति प्रमुख सेनानी आविस्कार ढुङ्गाना, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक विपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल १९ नं. गुल्मकी प्रमुख तथा प्रहरी नायब उपरीक्षक गंगा केसी.लगायत गणका अधिकृत, पदिक अन्य दर्जाका सुरक्षाकर्मीहरु सहभागी थिए । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ उक्त संयुक्त सुरक्षा अभ्यास गरिएको हो ।

अभ्यासले आसन्न निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउन सुरक्षा निकायहरूको मनोबल र कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास लिइएको छ । निर्वाचन अगाडि मतदानको समय र निर्वाचनपछि आउन सक्ने सुरक्षा चुनौतीहरूको पूर्व आँकलन गर्दै उक्त परिस्थितिलाई कसरी नियन्त्रणमा लिने विषयमा केन्द्रीत रहेर उक्त अभ्यास गरिएको हो । अभ्यासमा घटनाको परिकल्पना गरी सुरक्षा फौज र उपलब्ध स्रोत साधनको परिचालन गरिएको थियो ।

यसले निर्वाचन सुरक्षाका लागि खटिने विभिन्न निकायहरूबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउन मद्दत पु¥याएको छ । अभ्यासमा सुरक्षाका तीनवटै घेरामा रहने फौजबीचको सहकार्य र आकस्मिक परिस्थितिमा तत्काल प्रतिकार गर्ने विधिबारे व्यवहारिक ज्ञान आदानप्रदान गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।


सर्वाधिक रुचाइएको