मकवानपुरमा यसरी मनाइयोे ल्होछार

लोकखबर
२२ माघ २०७५, मंगलवार २०:४७

मकवानपुर । मकवानपुरमा पनि तामाङ समुदायको नयाँ बर्ष अर्थात सोनाम ल्होछार मनाइएको छ । ल्होछारका अवसरमा हेटौँडाको टिसिएन चौरमा सोनाम ल्होछार महोत्सव मनाईएको हो । तामाङ भेषभूषामा सजिएका युवायुवती देखि बालबालिका पनि तामाङ पहिरहनमा सजिएका थिए । महोत्सवमा तामाङ सास्कृतिको विभिन्न स्टलहरु, साँस्कृतिक कार्यक्रम भयो ।
महोत्सवमा तामाङ खाना, भेषभूषा, कला संस्कृति लगायतको प्रदर्शनी राखिएको थियो । ल्होछारसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिन्छ । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछार मनाउनका लागि प्रदेश ३ सरकारले सार्वजनिक बिदा समेत दिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*