बेलकोटगढीमा युवकको हत्या
बिदुर– नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढीमा एक युवकको हत्या भएको छ । दुई जना युवक पक्राउ परेका छन् । मृतकको शव मलखाल्डोमा फेला परेको छ ।
बेलकोटगढी नगरपालिका ९ सिउरेनीमा ४४ वर्षिय सन्तवहादुर तामाङको धारिलो हतियार प्रहार गरि हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीले स्थानीय दुई युवक ३५ वर्षिय शेषमान तामाङ र ३३ वर्षिय शिव तामाङलाई पक्राउ गरेको घटनास्थल पुगेका प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । उनका अनुसार मलखाल्डो वाहिर स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मादक पदार्थ सेवन गरि भएको विवादले झगडाको रुप लिदा धारिलो हतियार खुर्पा प्रहार गरि सन्तवहादुरको हत्या भएको प्रहरीले जनाएको छ । बेलकोटगढी नपा–४ रुक्पेपानी घर भएका मृतक कर्मी भनिने सन्तवहादुर उक्त स्थानमा वसोवास गर्दै आएका थिए ।
उनको शव घर नजिकैको मलखाल्डो पुरिएको अवस्थामा भेटिएको हो । पक्राउ परेका दुवैजनाले घटनामा संलग्न रहेको स्वीकार गरेको नुवाकोट प्रहरीको भनाई छ ।












































