विद्यार्थीहरुको आंखा परिक्षण

– ३७ विद्यार्थीको आंखामा समस्या
लोकखबर
२०८२ माघ २५, आईतवार २३:०३

बिदुर– नुवाकोटको बट्टारमा रहेको एक विद्यालयमा विद्यार्थीहरुको आंखा परिक्षण गरिएको छ । केहि विद्यार्थीहरुको आखामा समस्या रहेको पाइएको छ । विदुर नगरपालिका ४ बट्टारमा रहेको इपिक किड्स वल्ड विद्यालयमा आइतवार दिने आँखा जाँच शिविर सम्पन्न भएको हो ।

सो विद्यालयमा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, नुवाकोट सामुदायिक आंखा केन्द्रको सहकार्यमा विद्यालय आँखा शिविर कार्यक्रम गरिएको हो । उक्त आंखा परिक्षणमा एकसय ६० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ ।

आंखा परीक्षणका क्रममा आँखासम्बन्धी समस्या देखिएका ३७ जना विद्यार्थीलाई थप उपचारका लागि नुवाकोट सामुदायिक आँखा केन्द्र, विदुर रिफर गरिएको छ । यस प्रकारका विद्यालयस्तरीय स्वास्थ्य कार्यक्रमहरूले बालबालिकाको आँखाको स्वास्थ्य समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको आंखा केन्द्रका प्रमुख तारावहादुर वाइवाको भनाई छ । यसवाट विद्यार्थीको स्वास्थ्य प्रभावकारितामा सहयोग पुगेको छ ।


सर्वाधिक रुचाइएको